2026-08-29 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देश निर्माण गर्ने कार्यभार महिलाको काधमा आयो: कुवर

कमल रावल/बैशाख १४, अछाम । नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवरले अब देश निर्माण तथा परिवर्तन गर्ने कार्यभार महिला दिदिवहिनीहरुको काधमा आएको बताउनु भएको छ । 

आगामी जेठमा हुन लागेको निर्बाचनमा महिला दिदिवहिनीका हक अधिकारी सुनिश्चितताका लागि अग्र स्थानका साथ जित दिलाउन सहयोग गर्नु पर्ने बताउनु भयो । अखिल नेपाल महिला सँघ साफेबगर नगर सँगठन कमिटीको भेलामा प्रमुख अतिथीको आशनबाट बोल्दै कुवरले आधा आकास नभई सिगो आकाश थाम्ने जिम्मेवारी महिलाको काधमा आएको बताउनु भयो । 

पुर्ब सभासद समेत रहनु भएका कुवरले निर्वाचन टार्ने मनासायले अहिलेको सरकाले हरेक बाहान गरिरहेकाले सच्चा देश भक्त नेपाली यो सरकारका विरुद्ध उत्रिने बताउनु भयो । देश निर्वाचन माहोल तिर अघि बढीरहेकाले जुन सुकै हालतमा पनि स्थानिय तहको निर्वाचन हुने बताउनु भयो । 

नगर अध्यक्ष रेखा कुमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मिना साउद रहनु भएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य गोविन्द कुवर, जिल्ला सचिवालय सदस्य शिलोज कुवर, जिल्ला सदस्य लाल बहादुर खडका, अमृता खडका, पशुपती कुवर, साफेबगर नगर कमीटी सचिब हिक्मत कुवर, शिक्षक संगठन जिल्ला उपाध्यक्ष जानकी बोहरा, नगर कमीटी सदस्य मन्जु कुवर, अनेम संघ जिल्ला कमीटी उपाध्यक्ष अप्सरा स्वार लगाएतको सभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन कीथ्थी टमट्टाले गर्नु भएको थियो । यस्तै नेकपा एमालको बाजुरा जिल्ला छेडेदह गाउँपालिका २ मा चुनावी सभा सम्पन्न भएको छ । 

आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै सभा सम्पन्न भएको हो । वडा संगठन कमिटि संयोजक धन बहादुर बुढाको अध्यक्षतामा सञ्चलन भएको कार्यक्रममा युवा सँघका केन्द्रिय सचिव बचन सिह प्रमुख अतिथि रहनुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि सिहंले नेपाली काग्रेस चुनाव नगर्ने रणनितिमा लागको बताउनुभएको छ । उहाँले काग्रेस स्थानिय तहमा आफ्नो कम देखेरै चुनाव नगर्ने रणनितिमा लागेको बताउनु भएको हो । 

सिहंले दोस्रो पटकको चुनाव अगाडी नै बजेट ल्याउने निर्णय भए स्विकार्य नहुने बताउनु भएको छ । काग्रेसको आधार घट्दै गएको उहाँको भनाई छ । कार्यक्रममा एमाले नेता तथा छेडेदह गाउँपालिकाका अध्यक्षका उम्मेदवार लालबहादुर ओलीले योजना अनुसार गाउँ विकास गर्ने बताउनु भएको छ । 

उहाँले जनताले दिएको मतको कदर गर्दै खेर जान नदिने बचन दिनुभएको छ । गाउँपालिकामा एमालेको जित सुनिश्चत भए नमुना छेडेदह गाउँपालिका बनाउने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो