2026-08-29 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माओबादीले अछामका ९ स्थानीय तहमा सर्वसम्मत उम्मेद्धारको टुङ्गो लगायो (सुचिसहित)

बैशाख १५, अछाम । नेकपा माओवादी केन्द्रले अछामका १० वटा स्थानिय तह मध्ये ९ वटामा सर्वसम्मत रुपमा मेयर तथा अध्यक्षका उम्मेद्धारको टुंगो लगाएको छ । 

साँफेबगर नगरपालिका बाहेक सबै नगरपालिका तथा गाँउपालिकामा उम्मेद्धारहरुको टुंगो सर्वसम्मत रुपमा लागिसकेको नेकपा माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले बढि भन्दा बढि स्थानिय तहमा आफ्नो जित सुनिश्चित गर्नका लागि सर्वसम्मत रुपमै उम्मेद्धार छनौट गरेको र कुनैपनि स्थानिय तहमासमस्या नभएको जिल्ला ईञ्चार्ज खगेन्द्र रोकायाको भनाई छ । माओवादी केन्द्रले रामारोशन गाँउपालिकामा पार्टीका केन्द्रिय महाँदिवेशन प्रतिनिधी झंकर साउद (भाष्कर) लाई गाँउपालिका प्रमुखको उम्मेद्धार बनाएको छ भने पञ्चदेवल बिनायक नगरपालिकामा पनि पार्टीका केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य अक्कल रावललाई मेयरको उम्मेद्धार बनाएको छ ।  

यस्तै, मेल्लेख गाँउपालिकामा लोक बहादुर बोहरा (ज्वाला), बान्नीगढी जयगढ गाँउपालिकामा लोकेन्द्र साउद, मंगलसेन नगरपालिकामा लोक बहादुर बोगटी, चौरपाटी गाँउपालिकामा राम बहादुर थापा, कमलबजार नगरपालिकामा रण बहादुर बिष्ट, तुर्माखाँद गाँउपालिकामा उदय बिष्ट र ढकारी गाँउपालिकामा तुलाराम उपाध्यायलाई उम्मेद्धार चयन गरिएको पार्टीका जिल्ला संयोजक झपट साउदले जाँनकारी दिनुभयो । 

उहाँका अनुसार साँफेबगर नगरपालिकामा मात्रै उम्मेद्धारको टुंगो लाग्न बाँकी रहेको छ । त्यहाँ पनि टंक रावल उम्मेद्धार बन्ने निश्चित जस्तै भएको संयोजक साउदले बताँउनुभयो । माओवादी केन्द्रले रामारोशन गाँउपालिकामा पार्टीको केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य सरस्वती रावललाई उप प्रमुखका रुपमा अगाडी सारेको छ भने मंगलसेन नगरपालिकामा उप मेयरको लागि रोहीना भण्डारीलाई उम्मेद्धार बनाईएको छ । अन्य गाँउ तथा नगरपालिकामा पनि उप प्रमुख तथा उप मेयरका उम्मेद्धारहरुको पनि करिब टुंगो लागिसकेको पार्टीले जनाएको छ । चुनावको मिती एक महिना पर सरेसंगै पार्टीले पनि आफ्ना थप रणनीति तयार गरिरहेको जिल्ला संयोजक साउदले बताउनुभयो । 

वडा, गाँउ तथा नगरपालिकाका उम्मेद्धारहरु आ आफ्नो पक्षमा माहोल बनाँउनका लागि निरन्तर घरदैलो कार्यक्रममा पनि सहभागि भैरहेको उहाँको भनाई रहेको छ । यस अघि नेकपा एमाले अछामले जिल्लाका सबै १० वटै स्थानिय तहमा उम्मेद्धारहरुको टुंगो लगाईसकेको बताईएको छ भने नेपाली काँग्रेसले निर्वाचन सरेसंगै उम्मेद्धार टुंगो लगाँउने कुरा स्थिगीत गरेर चुनावी अभियानमा लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो