2026-06-28 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिकांश कर्मचारी कार्यालय आइसकेपछि बिदाको जानकारी

2017-05-04

बैशाख २१, गौशाला । महोत्तरीका अधिकांश कर्मचारी कार्यालयमा आइसकेपछि सरकारले आज जानकी नवमीको अवसर पारेर महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा गरेको थाहा पाएका छन् । 

अचानक आजैको निर्णयानुसार सरकारले यसैवर्षदेखि थालेको जानकी नवमी बिदाबारे महोत्तरीका अधिकांश कर्मचारीलाई थाहा नभएको र उनीहरु आ–आफ्ना कार्यालयमा आइसकेपछि मात्रै थाहा पाएका हुुन् । 

जिल्लाका अदालत, कारागार, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, कोलेनिका, नापी, भूमिसुधार, वन, भू–संरक्षणलगायत तीन दर्जन बढी कार्यालयका सयौँ कर्मचारी कामकाज गर्न कार्यालयमा आइसक्दा मात्रै उनीहरुले आज बिदा रहेको थाहा पाएका छन् । 

कतिपय कार्यालयका कर्मचारीले आजको हाजिरीसमेत गरिसकेका र कतिले आजको मितिमा धेरैजसो चिठीपत्र, कागजातसमेत दर्ता र चलानी गरिसकेका छन् । 

यसअघि कहिले पनि नदिइएको जानकी नवमीको बिदा यसैपालिदेखि लागू गरिएकाले धेरैजसोले आज बिदा हुनसक्ने आशा पनि नगरेकाले महोत्तरीका अधिकांश कर्मचारी आ–आफ्ना कार्यालयमा आइसकेपछि बिदाबारे जानकारी पाएका हुन् । 

कतिले कार्यालय आई हाजिर बनाई, कामकाज समेत गर्न लागिसकेका र कतिले आउनेबित्तिकै थाहा पाए पनि अहिले सबैजना पुनः बिदा भन्दै आ–आफ्ना घर फर्किसकेका छन् र कति अब कार्यालय आइसकेपछि बेलुका नै जाउँला भन्दै कार्यालयमै बसिरहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी