जेठ १३, जनकपुरधाम | एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, जनकपुरधाम | एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको "/>
२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरमा कामको समन्वय नहुँदा जनतालाई सास्ती

२०७४, १३ जेष्ठ शनिबार ०३:५७

जेठ १३, जनकपुरधाम | एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ । 

आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पुर्याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ । नेपाल टेलिकम जनकपुर कार्यालय प्रमुख नारायण काफ्ले आयोजनाले अर्बौंको क्षति पुर्याएका कारण कार्यालयबाट मर्मत कार्य सम्भव छैन भन्नुहुन्छ । 

“प्रजिअ र आयोजना प्रमुखलाई क्षतिबारे ध्यानाकर्षण गराउँदा सकारात्मक पहल नहुँदा मर्मतको सम्भावना क्षीण हुँदै गएको जानकारी दिइएको छ” उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीले यो समस्यालाई गम्भीरतापूर्वक नलिएका कारण मर्मत अनिश्चित बनेको छ ।” 

यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत सिर्जना भएको छ । आयोजनाले खानेपानीका पाइपलाई क्षति पुर्याई हजारौँ ग्राहकलाई खानेपानीबाट वञ्चित गराएको छ । खानेपानीको पाइपमा भएको क्षतिले सडकमा पानी खेर गइरहेको छ भने ग्राहक पानीका लागि विभिन्न विकल्प प्रयोग गर्न बाध्य देखिएका छन् । 

तापक्रम वृद्धिसँगै कल र इनारका पानी पनि सुकेकाले बजारबाट पानी किनेर दैनिकी चलाइरहेको विद्यापति चोकका महेश मिश्रले बताउनुभयो । 

त्यस्तै नाला निर्माणका लागि प्रयोग गरिएको ह्युम पाइपमा पुरानो नाला नजोडिएका कारण पुरानो नालाको बहाव बन्द भई व्यक्तिको घर र कार्यालय परिसरमा नालाको पानी पसेको छ । समन्वयको अभाव विद्युत्का खम्बा सार्नेमा पनि देखिएको छ । आयोजनाले व्यवस्थित ढङ्गले कार्य सम्पादनमा ध्यान नदिँदा विद्युत् आपूर्तिमा अनियमितता उन्पन्न भएको बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो