2026-08-29 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा ७० जनप्रतिनिधीका लागि १३ सय ५१ चुनावि मैदानमा

कमल रावल/असार ७, अछाम । अछामका जिल्लाका १० वटा स्थानिय तहमा ४ सय ७० पदका लागि १ हजार ३ सय ५१ जनाको उम्मेद्धारि रहेको छ । 

आईतबार मनोनयन दर्ताको दिनमा १ हजार ४ सय ७ जनाले उम्मेद्धारि दर्ता गराएपनी मंगलबार अन्तिम दिन ५६ जनाले उम्मेद्धारि फिर्ता लिए पछी अब १ हजार ३ सय ५१ जनाले असार १४ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन । 

४ सय ७५ जन प्रतिनिधी अछाममा छानिने भएपनी मंगलसैन नगरपालिका वडा नम्बर २ र ७ मा एमालेको तर्फबाट ५ जना वडा सदस्य निर्विरोध चयन भएपछी ४ सय ७० जनाका लागि चुनावि प्रतिस्पर्धा हुने भएको छ । जसमा ८ सय १२ पुरुष र ५ सय ३९ जना महिला उम्मेद्धार रहेका जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । 

अछाममा नेपाली काग्रेसले रामारोशन गाउपालिका अध्यक्षका लागि महिला, नेकपा एमालले मेल्लेख गाउपालिकामा गाउपालिकाको अध्यक्ष पदमा लागि दलित र राप्रपाले साफेबगरमा मेयर पदका लागि महिला उम्मेद्धारलाई अघि सारेको छ । 

अछाममा नगरपालिकामा नगरको मेयर, उपमेयर, वडा अध्यक्ष, खुल्ला सदस्य, दलित महिला सदस्य, महिला सदस्य निर्वाचित हुनेछन भने गाउपालिका अध्यक्ष उपाध्यक्ष अध्यक्ष, खुुल्ला सदस्य, दलित महिला सदस्य, महिला सदस्य निर्वाचित हुनेछन । 

जसमा साफेबगर नगरपालिकामा नगरको मेयर, उपमेयरमा गरि १४ वडामा ७२, मंगलसेन नगरपालिमा नगरपालिकामा नगरको मेयर, उपमेयरमा गरि १४ वडामा ६७, कमलबजार नगरपालिकामा नगरको मेयर उपमेयरमा गरि १० वडामा ५२, पञ्चदेवल विनायक नगरपालिकामा नगरको मेयर उपमेयर गरि ९ वडामा ४७ जना जनप्रतिनिधी निर्वाचित हुनेछन । 

जयगढ बान्नीगढी गाउपालिका गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ६ वडामा ३२, चौरपाटी गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ७ वडामा ३७, ढकारी गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ८ वडामा ४२, रामारोशन गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ७ वडामा ३७, तुर्माखाद गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ८ वडामा ४२ र मेल्लेख गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ४२ जना जनप्रतिनिधी गाउपालिका निर्वाचित हुनेछन । 

मनोनयन दर्ताको सबै प्रक्रिया सम्पन्न भईसकेपछी असार १४ गते हुने निर्वाचनका लागि सबै राजनितिक दललाई चुनाव चिन्ह समेत प्रदान गरिसकिएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो