कमल रावल | असार ८, अछाम | नेकपा एमालेका प्रदेश नम्बर ७ निर्वाचन कमिटी सँयोजक कृष्ण प्रसाद जैसिले अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुर रहेको बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | असार ८, अछाम | नेकपा एमालेका प्रदेश नम्बर ७ निर्वाचन कमिटी सँयोजक कृष्ण प्रसाद जैसिले अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुर रहेको बत"/>

2026-10-14 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुरः जैसि


कमल रावल | असार ८, अछाम | नेकपा एमालेका प्रदेश नम्बर ७ निर्वाचन कमिटी सँयोजक कृष्ण प्रसाद जैसिले अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुर रहेको बताउनु भयो । 

अछामका १० वटै तहमा जनताको ब्यापक लहर देखिएकाले एमालेको जित सुनिश्चित भएको बताउनु भयो । नेकपा एमाले मेल्लेख गाउपालीका वडा नम्बर १ र २ ऋषिदहको चुनावि सभामा प्रमुख अतिथीको आशनबाट बोल्दै पुर्व जिविस सभापती समेत रहेको जैसिले हरेक परिवर्तनकारी बिकासका एजेण्डा एमालेको सरकारको पालामा भएका बताउनु भयो । 

अछामका समग्र बिकासको नक्सा एमालेका प्रत्येक उम्मेद्धारसँग भएकाले जनतालाई विश्वास गर्न आग्रह समेत गर्नु भयो । रणसीह रावलको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी एमाले जिल्ला कमिटी सचिवालय सदस्य हिरण्ड भट्राईले भारत तथा तेस्रो मुलुकमा गएका युवाका लागि आगामि दिनमा जिल्लामै रोजगारिको सिर्जनाको लागि आफनो पार्टीको योजना रहेको बताउनु भयो । चुनावि सभामा गाउपालिकाका अध्यक्षका उम्मेद्धार डम्बर नेपाली, उपाध्यक्षकाक उम्मेद्धार  समिता महर साउदले आफनो चुनावि प्रतिबद्धता सहीतको मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन अनेरास्वबीयु बाँकेका जील्ला सदस्य विनोद धामीले गर्नु भएको हो । 

यस्तै नेकपा एमाले मंगलसैन नगरपादीका वडा नम्बर १२ बान्नातोलीको घरदैलो  कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष पदका उम्मेदवार भरत बहादुर शाहीको नेतृत्वमा गएको टोलीले साबिकको बान्नातोली गाबिस वडा नम्बर १ देखी वडा नम्बर ९ सम्म घरदैलो गर्दै ठाँटीखाद बजारमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य खड्क बिष्ट, महिला सदस्य पदका उम्मेद्धवार राईलु गीरी, नेकपा एमाले मंगलसैन नगर संगठनका सदस्य डम्मर रावल, कर्ण बहादुर जनाला लगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव