२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे

२०८१, ६ मंसिर बिहीबार १४:४२

काठमाडौं | सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय शासन प्रणालीका सर्वस्वीकार्य मान्यता पालना नगरेको ठहर गरेको छ।

संविधानको अन्तिम विकल्पस्वरूप आफ्नो नेतृत्वमा सरकार गठन भएकाले अल्पमतमा पर्दा पनि आफूले विश्वासको मत लिनु नपर्ने र पद पनि छाड्नुनपर्ने दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले गत असार ११ गते उक्त रिट खारेज गरेको थियो। हाल सार्वजनिक गरिएको पूर्ण पाठमा सर्वोच्चले कार्कीले संसदीय मूल्य र मान्यताविपरीत अडान लिएको टिप्पणी गरेको छ।

सर्वोच्चको आदेशको पूर्ण पाठमा भनिएको छ, “बहुमत प्राप्त संसदीय दलको नेता मुख्यमन्त्री भएको अवस्था होस् वा कुनै अवस्थाबाट नियुक्त मुख्यमन्त्रीको हकमा होस्, प्रदेशसभाका बहुमत सभासदको समर्थन सदासर्वदा रहेको अवस्थामा मात्र मुख्यमन्त्री आफ्नो पदमा रहन सक्ने र निजको नेतृत्वमा प्रदेश मन्त्रिमण्डल क्रियाशील हुन सक्ने व्यवस्था नेपालको संविधानले गरेको देखिन्छ।”

कांग्रेस सांसद केदार कार्की संविधानको धारा १६८ उपधारा ५ अनुसार २०८० असोज २५ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। यस उपधारामा प्रदेश सभाको कुनै सदस्यले बहुमतप्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। केदार कार्की कांग्रेसमा संसदीय दलका नेता थिएनन्। तत्कालीन अवस्थामा एमालेसँग मिलेर सरकार चलाउने कांग्रेसको नीति पनि थिएन। कांग्रेस र माओवादी मिलेर संघ र प्रदेशहरूमा सरकार चलाइरहेका थिए।

पार्टी नीतिको अवज्ञा गरी उनले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दा राजनीतिमा ठूलै हलचल ल्याएको थियो। तर, पछि संघीय सरकारमा एमाले र कांग्रेसको गठबन्धन बनेपछि कोशी प्रदेश एमालेको भागमा गयो। कार्कीलाई हटाउन प्रदेश सभाका ५२ जना सदस्यले समर्थन फिर्ता मात्र लिएनन्, प्रदेश सभाको विशेष अधिवेशनबाट संकल्प प्रस्ताव नै पारित गरे।

तर, केदार कार्की भने संविधानको अन्तिम विकल्प भन्दै आफूले विश्वासको मत लिनु नपर्ने र कसैले हटाउन पनि नसक्ने भन्दै अडान लिएर बसे। त्यहीबीचमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएर कांग्रेसकै समर्थनमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिदिए।

यस प्रक्रियाका विरूद्धमा कार्कीले रिट दायर गरे पनि सर्वोच्चले खारेज गरिदिएको छ। साथै मुख्यमन्त्रीले कस्तो अवस्थामा विश्वासको मत लिनुपर्छ भन्ने पनि सर्वोच्चले व्याख्या गरिदिएको छ।

न्यायाधीशत्रय कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले गरेको आदेशमा भनिएको छ, “धारा १६८ उपधारा (१), (२) वा (३) अन्तर्गत नियुक्त मुख्यमन्त्रीको हकमा आकर्षित हुने धारा १८८ को उपधारा (२) को व्यवस्था निजको हकमा आकर्षित हुँदैन भन्नका लागि संविधानमा नै स्पष्ट भाषामा त्यस्तो अपवादात्मक व्यवस्था राखिएको हुनुपर्दछ।”

सर्वोच्चले स्पष्ट पारेको छ कि संसदीय व्यवस्थामा सरकार सदासर्वदा संसदको निगरानी र नियन्त्रणमा रहने हुँदा संसदमा बहुमत कायम नरहेको मुख्यमन्त्री वा सरकारले आफ्नो वैधता वा कार्य सञ्चालन गर्ने सामर्थ्य गुमाउँछ। संविधानको धारा १६८ को उपधारा (१), (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीसँग प्रदेशसभामा सदासर्वदा बहुमत कायम रहनुपर्ने र उपधारा (५) बमोजिम गठन भएको सरकारसँग सोही बमोजिम बहुमत कायम रहन नपर्ने व्यवस्था संविधानले गरेको पाइँदैन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा