2026-10-14 11:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको मेल्लेखमा कांग्रेस-माओबादी गठबन्धन विजयी

कमल रावल/असार १८, अछाम । अछामको मेल्लेख गाँउपालिकामा काग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धन विजयी भएको छ । 

अध्यक्ष पदका उम्मेद्धार नेकपा माओवादि केन्द्रका लोक बहादुर र उपाध्यक्षमा गठबन्धनका नेपाली काग्रेसका धन बहादुर शाह विजयी भएका छन । अध्यक्षमा माओवादी केन्द्रका वोहराले निकटतम प्रतिद्धोन्दी एमालेका उम्मेदवार डम्मर नेपालीलाई ५१७ मतले पछि पार्दै विजयी भएका हुन् । 

विजेता वोहराले ४५०९ मत ल्याएका थिए भने नेपालीले ३९९२ मत ल्याएर पराजित भएका हुन । उपाध्यक्षमा कांग्रेसका धनवहादुर शाहले ४४०८ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्धन्दी एमाले उम्मेदवार समिता महरले ४००२ मत प्राप्त गरिन् । त्यस्तै मेल्लेख गाँउपालिकाको १, ५ र ८ नम्बर वडामा कांग्रेस, ४, ६ र ७ मा एमाले र २ र ३ मा माओवादी केन्द्र विजयी भएको थियो । उता अछामको ढकारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । 

शनिवार सार्वजनिक मत परिणाम अनुसार ढकारी गाउँपालिकामा नेपाली काँग्रेसका धन बहादुर बुढा ३४५४ मत लिएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज साउदले २९३० मत प्राप्त गर्नुभएको छ । 

उप प्रमुखमा काँग्रेस कै लक्ष्मी साउदले ३३८१ मतका साथ विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी हेमा शाहीले २९३० मत ल्याउनु भएको छ । ढकारी गाउँपालिकामा जम्मा ८ वडा मध्ये पाँच वडामा नेपाली काँग्रेस र ३ वडामा एमाले बिजयी भएको हो । 

कमलबजार नगरपालिकामा काग्रेस त्यस अघि नै विजयी भईसकेको थियो । भने मंगलसेन र चौरपाटी गाउपालिकामा एमाले, रामारोशन गाउपालिकामा माओवादि केन्द्र रजयगढ बान्नीगढी गाउपालिका, साफेबगर नगरपालीका, पञ्चदेवल नगरपालिका र तुर्माखाद गाउपालिकामा नेपाली काग्रेसको अग्रता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ