काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म परम्परागत पैदल सम्पदा मार्गको शुभारम्भ गरेका छन् ।
शनिबार एक विशेष कार्यक्रमबीच उनले पैदल सम्पदा मार्गको शुभारम्भ गरेका हुन् ।
उक्त पैदल सम्पदा मार्गको शुभारम्भ गर्दै उनले सबैलाई यस क्षेत्रका बारेमा जानकारी गराउन आफूले पैदल सम्पदा मार्गको शुभारम्भ गरेको बताए ।
उनले नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म राम्रोसँग विकास गर्न सके पर्यटकिय गन्तव्य बन्न सक्ने बताए ।
उनले भने, ‘ नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहाल र कमल पोखरीदेखि नरसिंह चोक सबैभन्दा पुरानो बस्ती भएको सहर हो । तर काठमाडौँ उपत्यकामा बस्ने कतिपय मान्छेहरूलाई यो ठाउँमा यस्तो छ भनेर जानकारी समेत छैन, यहाँको स्थानीय समुदाय, स्थानीय सरकार मिलेर अलिकति ढंग पुगाएर विकास निर्माण गर्यौँ भने यो काठमाडौँबासीलाई मात्र होइन काठमाडौँ बाहिरबाट आउने मानिसहरूको लागि पर्यटकीय क्षेत्र बन्न सक्छ । नक्साल क्षेत्रभित्र धेरै सम्पदाहरु छन्, यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्छ ।’