2026-07-25 11:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाका नेताहरूलाई मुकुलको सुझाव: रवि दाइ आफ्नो लडाइँ आफैँ लड्नुहुन्छ, तपाईँहरू जनताको काम गर्नुस्

काठमाडौँ | रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले पार्टीका नेताहरूलाई जनताको काममा फर्कन आग्रह गरेका छन् ।

उनले सभापति रवि लामिछाने आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम रहेको बताउँदै अन्य नेताहरूलाई जनताको मुद्दा उठाउन आग्रह गरेका हुन् ।

उनले पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभास भइरहेको बताएका छन् । उनले सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेकाले जनताको काममा हामी फर्कन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस पोस्ट गर्दै उनले राजनीतिक कारण पार्टीको आधिकारिक च्यानलबाट सुझाव दिन नसकेको उल्लेख गरेका छन् ।

यस्तो छ मुकुलले दिएको सुझाव

प्रिय रास्वपा सदस्यहरू,

पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभास भइरहेको छ । सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाई जनताको काममा हामी फर्कनै पर्छ ।

म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु—आ–आफ्नो तह र समितिमा छलफल गर्न बैठक बोलाउनुहोस् । तपाईँको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस् । त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस् ।

केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो । यो सिस्टमलाई पुनः जाग्रित गर्नुहोस् र संसदमा जनताको आवाज पु¥याउन आजैबाट पहल थाल्नुहोस् ।

राजनीतिक परिस्थितिका कारण यो आग्रह पार्टीको औपचारिक च्यानलमार्फत राख्न सकिनँ । अहिले इगोमा बसेर केही हुँदैन । देश र जनताको मुद्दामा पार्टी कसरी अघि बढ्नुपर्छ भनेर विचार मात्र राखेको छु । के उचित के अनुचित भनेर नसोची, कृपया यो विषयलाई गम्भीरतापूर्वक लिनुहोस् ।

रवि दाइ आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन ।आशा छ, तपाईंहरूले मेरो यो आग्रहलाई सकारात्मक रूपमा लिँदै जनताको पक्षमा आवश्यक कदम चाल्नुहुनेछ ।
धन्यवाद ।
डा. मुकुल ढकाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ