प्रेम सुनार/साउन १२, गुल्मी । गुल्मीका २ नगरपालिका , १० गाउँपालिका र वडास्तर सम्म विशुद्ध राजनीति गर्नेहरु भन्दा कुनै न कुनै पेशा–व्यवसाय गर्नेहरु नै स्थानिय तहको निर्वाचनमा बढि विजयी भएको पाईएको छ ।
रेसुङ्गा नगरपालिकाबाट सुरु गरौं । मेयेर पदमा विजयी एमालेका डिल्लीराज भुसाल राजनीति कम व्यवसाय बढि गर्ने ब्यक्ति हुन् । निमार्ण व्यवसायको क्षेत्रमा बढि हात हालेका भुसालका निकतम प्रतिद्धन्द्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठ हुर्केदेखि अहिले सम्म राजनीति भन्दा अरु केहि नगरेका व्यक्ति हुन् । तम्घासका पुर्व गाविस अध्यक्ष समेत रहेका श्रेष्ठ तमघासको लिफ्टीङ्ग सिस्टम खानेपानी योजनामा भने लामो समय देखि आवद्ध छन् ।
यस नगरपालिकाका वाडाहरुमा पनि विशुद्ध राजनितीकर्मी भन्दा निर्माण व्यवसाय, शैक्षिक एवं विभिन्न पेशाबाट आएका व्यक्तिहरु विजयी बनेका छन् । मुसिकोट नगरपालिकाको मेयरमा क्रियाशिल राजनीतिकर्मीका हिसावले एमालेका सोमनाथ सापकोटाका माओवादी केन्द्रका खुमबहादुर थापा वाहेक प्रतिष्पर्धी नै थिएनन् । बरु कांग्रेसबाट मेयरमा विष्णुकुमारी सापकोटा उठेको भए कडा प्रतिष्पर्धा हुन सकथ्यो । तर सापकोटालाई कांग्रेसले उपमेयर र कहिल्लै सक्रिय राजनीति नगेरेका बृद्ध कृष्णहरी सापकोटालाई मेयरको उमेदवार बनायो ।
लामो सक्रिय राजनीति जिवन विताए पनि एमालेबाट मुसिकोटका मेयर सापकोटा व्यवसायबाट अछुतो भने छैनन् । उनि सोलर लगायतको व्यवसाय संग पनि जोडिएका व्यक्ति हुन् ।
माओवादी, काग्रेसबाट विजयी कालिगण्डकी गाउँपालिका प्रमुख वेद थापा मगर विशुद्ध राजनीतिबाटै आएका व्यक्ति हुन् । माओवादी कांग्रेस गठबन्धनबाटै सत्यवती गाउँपालिका प्रमुखमा पारिश्वर ढकाल पनि विशुद्ध राजनीतिकर्मी होईनन । उनले राजनीतिका अलवा दैनिक उपभोग्य वस्तु लगायतको व्यवसायी पनि गर्छन् । उनि राजनीति भन्दा बढि धार्मिक र सामाजिक व्यक्ति हुन् ।
चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्री शैक्षिक पेशामा जमेर आएका व्यक्ति हुन् । चक्रेश्वर ईङ्गलिस वोर्डिङ्ग स्कुलको शेयर होल्डर र प्रिन्सिपल रहेका खत्रीले कांग्रेसबाट टिकट पाएर जनयुद्धमा जेलनेल याताना र भिडन्त भोगेको माओवादी केन्द्रका युवराज केसी जस्ता सक्रिय राजनितीकर्मीलाई समेत निकटतम होईन तेश्रो स्थानमा लगेर पछारी दिए ।
रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतम सक्रिय राजनितीकर्मी हुन् । विशुद्ध भने होईनन् । एमालेबाट विजयी उनले जिल्लाको कफी आयत र विदेश सम्म निर्यात गर्छन् । उनि कफी उत्पादन संघ गुल्मीको अध्यक्षका हैसियतलेृ यहाँको कफी आयत र निर्यात गरेका हुन् । कृषकहरुलाई प्रोत्साहित गर्न भन्दै उनि तरकारी व्यवसायमा पनि समय खर्चिदै आएका व्यक्ति हुन् । एमालेबाट विजयी छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्त विशुद्ध राजनीतिकर्मी हुन् । शिक्षक पेशालाई समेत थाँती राखेर कम्युनिष्ट आन्दोलनमा लागेका उनले साविकको हर्दिनेटा गाविस अध्यक्ष देखि लामो राजनीतिबाट कमाएनन । उनले पार्टी अध्यक्षको जिम्मेवारी सम्हाले पछि तम्घासमा कोठा समेत नगरेर पार्टी कार्यालयमै बस्ने खाने गरे ।
गुल्मी दरवार गाउँपालिका प्रमुख अशोककुमार थापा हुर्के देखि त्यो बुढेशकाल सम्म कांग्रेसको राजनीतिमै समर्पित व्यक्ति हुन् । ईस्मागाउँपालिका प्रमुख लक्ष्मण बिष्ट पनि शैक्षिक र मेडिकल व्यवसाय समेत हापेर एमालेको राजनीतिमा खटेका व्यक्ति हुन् । देशकै चर्चित नेता गोकर्ण विष्टका दाजु भए पनि उनले अंहकार नगरी वडास्तर देखि संघर्ष गरेर अहिले जिल्ला सचिवालय सम्मको यात्रा गरेका हुन् ।
एमालेबाट विजयी मालिका गाउँपालिका प्रमुख रितबहादुर थापा जिल्लाबाट पलायन भई सकेका व्यक्ति चुनावमा पाहुना जस्तै भएर आएका हुन् । उनि वुटवलमा जग्गा लगायतको व्यवसाय गर्दै आएका थिए । उनको प्रतिष्पर्धी कांग्रेसका ज्ञानबहादुर कार्की र माओवादी केन्द्रका देविराम अर्याल पनि उनि जस्तै पाहुन थिए । व्यवसाय पनि थापाको जस्तै मिल्दोजुल्दो गरेकाले त्यहाँ तिन दलका नेताको भन्दा पनि तिन पैसावाला व्यवसायीहरुको टक्करका रुपमा चुनावतका चर्चा चल्ने गरेको थियो ।
माओवादी केन्द्र र कांग्रेसबाट धुर्कोट गाउँपालिकामा विजयी प्रमुख भुपाल पोखरेल पनि विशुद्ध राजनितीकर्मी होईनन् । उनि एनजिओ संग पनि जोडिएका व्यक्ति हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कृष्ण घिमिरे शिक्षक पेशा समेत हापेर विशुद्ध राजनितीमा लागेका व्यक्ति हुन् । एमालेबाट विजयी मदानो गाउँपालिका प्रमुख भने राजनीतिकर्मी होईनन् । उनि लाखको हारहारीमा तलव खाने अर्जुन आवसीय उच्च माध्यामिक विद्यालयका प्रिन्सिपल हुन रा लामो समय देखि वोर्डिङ्ग स्कुल सञ्चालनमै आफुलाई सुम्पिदै आएका व्यक्ति हुन् ।
१२ स्थानिय तहमा विजयी प्रमुखलाई तिन तहमा बाँड्दा विशुद्ध सक्रिय राजनीतिकर्मी गर्ने चार वटा स्थानमा मात्रै विजयी भएका छन् । ति हुन् कालिगण्डकी , छत्रकोट , गुल्मी दरवार र ईस्मागाउँपालिका । व्यवसाय संगै सक्रिय राजनीति गर्ने पनि चार स्थानमा विजयी भएका छन् । ति हुन मुसिकोट नगरपालिका, धुर्कोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिका । कोही जिल्लाबाट पलायन भएका र कोही पेशागत संगठन बाहेक आफ्नै पेशामा मात्रै रमाएकाहरुले ४ स्थानमा जनताको साथ पाएर विजयी भएका छन् । ति हुन रेसुङ्गा नगरपालिका , चन्द्रकोट गाउँपालिका, मदाने र मालिका गाउँपालिका ।
९३ वटा वडाध्यक्षको कुरा गर्ने हो भने विशुद्ध राजनीतिकर्मी भन्दा बढि मात्रमा आ–आफ्नो राजनीति दलको आडमा विभिन्न व्यवसाय चलाएका व्यक्तिहरु रहेका छन् । ति मध्ये धेरै जस्ता ठेक्का पट्टा गर्ने , कोही कृषकहरुको उत्थानका नाममा उनिहरुको उत्पादनका विचौलीयाहरु छन् । कोही गरिव विपन्नलाई उद्धधारो दिने पसले र होटलवालाहरु छन् । कोही मेडिकल व्यवसाय गरेर जनताको मन जितेकाहरु छन् । कोही सम्पन्न परिवार जसले दुखी गरिवलाई परेको वेला जति पनि ऋण हाली दिन सक्ने अवस्थाका विजयी भएका छन् । दलिय वर्चश्व वाहेक पैसावालाहरु र्नै समाजमा प्रतिष्ठीत छन र बढि मात्रमा जित उनैहरुको हातमा परेको बुद्धिजिवीहरुको आंकलन छ ।
गाउँ, शरह गल्ली गल्लीमा चर्चा यस्तो छ
स्थानिय तहको निर्वाचन पछि घर घरका चुलो देखि बाटोमा हिड्ने यात्रीहरु सम्मले अव पैसा नहुने मान्छेले जनप्रतिनिधी हुने आश राखेर चुनाव नलडे हुने भयो भन्ने तर्क गर्ने गरेका छन् । चाहे त्यो पञ्चायत होस । चाहे वहुदल र अहिले गणतन्त्र होस् जित सम्पन्न कै पोल्टामा परेको देख्न सकिन्छ । विजयी वडाध्यक्ष मध्ये विरलै मात्र निम्न परिवारका छन् ।
कोही सरकारी जागिरका पेन्सनवाला, कोही होटल पसल र मेडिकलबाट मालामाल भएका व्यक्ति छन् । तर जिल्लामा पुर्व जनप्रतिनिधी मध्ये विरलैले मात्र आफुलाई जनताबाट पुनः अनुमोदन गराए । मुसिकोट ३ मा एमालेबाट वडाध्यक्ष जितेर कर्णध्वज जिसी जस्तो थोरै मात्र पुर्व जनप्रतिनिधीहरु पुनः जनताबाट अनुमोदित भएका हुन् । त्यस्तै मोटरबाटो , खानेपानी सामुदायिक वन र कृषि सहकारी जस्ता उपभोक्ता समितिको नेतृत्व सम्हाल्दै आएका व्यक्तिहरुले यसपालिका चुनावमा जितको स्वाद चाख्न पाएका छन् ।
स्वयम वडाध्यक्षका विजयी र पराजयी उमेदवारहरु स्वीकार गर्छन् यस्तै हो भने विना पैसा चुनाव नलड्दा हुन्छ । खर्च नियन्त्रण गरी देला भन्ने विश्वासीलो कार्यकर्ताले नै एक रातमा ७ वटा सम्म वियर हुलेको कुरा पनि चर्चामा आएको छ । उसैले त सात वटा वियर हिर्कायो भने अरु आउरे–वाउरे र लाहुरेले कति हिर्काए होलान रु भनेर चिन्ता गर्न पनि थालिएको छ ।
अघि पछि टुङकुलो समेत नपाउनेहरुलाई चुनावभरी वियर भन्दा अरु केही नरुचेको दृश्य पनि प्रष्टै देख्न सकिन्थ्यो । प्राय दैनिक मासु र भात वियर खाना थाले पछि केहि दिन अघिको निन्याउरो मान्छे पनि मोटिलो र हर्षिलो देखिन थालेका थिए । खान पिन पोष त पोषै हो । चुनाव अघि सम्म जो कोहीलाई देखे पनि ज्यु हजुर गर्नेले पनि चुनावी बोसो लागे पछि हान्ने राँगा जस्तो सन्काह भयो । भोली आहिर यो दिन आउला सवै संग मिलेरै बस्नु पर्ला भन्ने सोचेन् । अको करा पैसाँ बाँडेको भन्ने नदेखिए पनि कार्यकर्ताहरुको खल्तीमा हजार हजारका नोटका बिटा पनि देखिन्थ्यो । तम्घासमा बसेर पढ्दा कोठा भाडा तिर्न पनि धौं धौ परेकाहरुको खल्तीमा ति नोटका विटा कहाँबाट आए ? भनेर चर्चा गर्नेहरु पनि छन् ।
एउटै वडाध्यक्षको उमेदवारले २५ लाख सम्म खर्च गरेको अफद रकर्ड साथी भाईको नाताले सुनाउनेहरु पनि भेटिएको कुरो चर्चा छ । चर्चा छिमेकी जिल्ला बाग्लुङ्गमा पनि निकै चलेको छ । ढोरपाटन नगरपालिकामा वास्तवमै मेयर उमेदवार उठाउने गतिलो मान्छे नै थिएन एमालेको । जित्न त सकिन्न तै पनि उमेदवार त उठाउनै पर्छ तर कसलाई उठाउँ रु भनेर बसेको त्यहाँको एमालेका लागि एउटा उपहार परे देवकुमार नेपाली र उनलाई पनि भाग्यशाली नै उपहार प¥यो एमाले ।
केहि दिन अघि सम्म माओवादी केन्द्रका भपर्दा कार्यक्र्ता रहेका उनलाई माओवादीले चिन्न सकेन चुनाव कस्ताले जित्छन् भन्ने कुरा । उनलाई मेयरको टिकट दिनुको साटो अरुलाई नै दियो । त्यसबाट असन्तुष्ट नेपाली एमालेको ढोका बाहिर छँदा माओवादी थिए र मेयरको टिकट पाएर बाहिर निस्कीदा एमाले भएर निस्कीएको चर्चा निकै चल्ने गरेको छ । अन्ततः एमालेका लागि नेपाली ढोरपाटनमा एउटा आकस्मिक आएको भाग्यशाली उपार बने र उनका लागि पनि एमाले उपहार बन्यो ।
उनि प्रसस्त पैसावाला हुन् । पैसा नै अहिलेको प्रतिष्ठा र गरिवको भरोसाको आधार बनिरहेको बेला पार्टी योगदानको मुल्याङनको आधारमा उमेदवार उठाउने राजनैतिक दलहरु उत्तानो जरा लागेको ढोरपाटनको चुनावी परिणामले पनि देखाएको छ । समग्रमा यस्ता विभिन्न खाले चर्चा मात्रै होईन यर्थात पनि हुन सक्ने भएकोले चुनावी खर्च नियन्त्रणको प्रयास नगरे गरिवले राजनीति नगरे हुने र चुनाव त झन लड्दै नलेडे हुने देखिन्छ ।