पूर्णबहादुर खड्का/साउन १५, अछाम । नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामले नेपाली कांग्रेस अछामबाट उम्मेद्धवार भई निर्वाचित जन प्रतिनिधीलाई बधाई तथा सम्मान गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का/साउन १५, अछाम । नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामले नेपाली कांग्रेस अछामबाट उम्मेद्धवार भई निर्वाचित जन प्रतिनिधीलाई बधाई तथा सम्मान गरे"/>

2026-08-29 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रेस यूनियन अछामद्धारा जनप्रतिनिधीलाई सम्मान


पूर्णबहादुर खड्का/साउन १५, अछाम । नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामले नेपाली कांग्रेस अछामबाट उम्मेद्धवार भई निर्वाचित जन प्रतिनिधीलाई बधाई तथा सम्मान गरेको छ । 

यूनियन जिल्ला शाखा अछामको आयोजनामा भएको कार्यक्रममा नगरपालिका तथा गाँउपालिकाका प्रमुख, उपप्रमुखलाई प्रमाण पत्र तथा दोसल्ला ओडाई सम्मान गरेको हो । शनिबार मंगलसेनमा भएको कार्यक्रममा प्रेस यूनियन जिल्ला शाखा अछामका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ अछाम शाखाका निवर्तमान अध्यक्ष जनकराज भण्डारीलाई पनि सम्मान गरेको छ । 

नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामका कार्यबाहक सभापती धनराज साँउदको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस अछामकाम सभापती भरतकुमार स्वाँर प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख अतिथिी स्वाँरले अछामको सुशासन र पार्दर्शीताका क्षेत्रमा कलम चलाई प्रेस जगतले महत्वपूर्ण भुमिका निवार्ह गरेको बताउनु भयो । 

पत्रकारीताको माध्यमबाट जिल्लाको सम्रग विकासमा समेत टेवा पुगेकोमा जोड दिदैँ प्रमुख अतिथि स्वाँरले समाज परिर्वतनमा पत्रकारहरुले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । पूर्व जिविस सभापति समेत रहेका स्वाँरले कांग्रेसलाई अछाम जिल्लामा बिजयी गराउन प्रेस यूनियन अछामले पनि आफ्ना तर्फबाट योग्दान दिएको भनाई राख्नुभयो । 

एक अर्को प्रशसंगमा बोल्दै सभापति स्वाँरले निर्वाचित जन प्रतिनिधीलाई बधाई दिदैँ जनमुखी भई काम गरेर जनतालाई परिर्वतनको आभास दिलाउनु सुझाव दिनुभयो । कार्यक्रममा बिशिष्ट अतिथि नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगानाले नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामले जिल्लामा नौलो कामको सुरुवात गरेकामा धन्यवाद दिदै निश्पक्ष रुपमा कलम चलाई पत्रकारीता जगतको गरिमालाई उच्च राख्न सुझाव दिनुभयो । 

जिल्लामा पत्रकारहरुका पनि आफ्नै समस्या रहेको भन्दै ढुंगानाले अब नव निर्वाचित जनप्रतिनिधीलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । विभिन्न समस्याका बाबजुत पनि प्रेस यूनियनले राम्रो कामको सुरुवात गरेकोमा जोड दिदैँ यूवा नेता ढुंगानाले सम्मानित जनप्रतिनिधीलाई जनताले महसुस गर्ने विकास र आर्थिक समृद्धीका क्षेत्रमा काम गर्न सुझाव दिनुभयो । 

निर्वाचित जनप्रतिनिधीले कृषि, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकत्तामा राखेर काम गुनपर्ने र त्यसका लागी पार्टीले आफनो तर्फबाट पहल गर्ने बताउनु भयो । यस्तै सम्मान कार्यक्रममा बोल्दै महासमिती सदस्य तथा पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख देवराज देवकाटाले जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासमिती सदस्य तथा पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने, महाधिबेशन प्रतिनिधी तथा शिक्षक संघ अछामका पूर्व अध्यक्ष पदमराज अधिकारी, दलित संघ अछामका अध्यक्ष तथा महाधिबेशन प्रतिनिधी टक्कर ताम्राकार, कांग्रेस जिल्ला सचिव नमबहादुर शाहीले मन्तव्य राख्दै प्रेस यूनियनले गरेको सम्मान कार्यक्रमको प्रशंसा गर्दै जनताले चाहे अनुसारको विकास गर्न निर्वाचित जनप्रतिनिधीलाई सुझाव दिनुभयो । 

कार्यक्रममा कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्ट, बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द खड्का, तुर्माखाँद गाँउपािलकाका अध्यक्ष पूष्पराज शर्मा, तुर्माखाँद गाँउपािलकाका उपाध्यक्ष अमृता बुढा, चौरपाटी गाँउपालिकाका उपाध्यक्ष माया कुवँरले मन्तव्य राख्दैँ सम्मान कार्यक्रमले काम गर्न थप उत्साह मिलेको भन्दै जनताले चाहेको विकास गर्ने प्रतिवद्ध रहेको घारणा राखेका थिए । 

यस्तै कार्यक्रममा रेडियो सोसाईटीका स्टेशन म्यानेजर बिष्णुप्रसाद भण्डारीले समेत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो