६ जेष्ठ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीसमक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह

२१ बैशाख २०८२, आईतवार १३:०२

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूूर्यबहादुर थापाले प्युठान जिल्लाका भौतिक पूर्वाधार र विकास निर्माणका योजनालाई आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेशका लागि अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा प्युुठानबाट निर्वाचित सांसद थापाले भालुवाङ–प्युुठान, बाग्दुुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्गलगायत योजनाका लागि ध्यानाकर्षण गराउनुुभएको हो । सांसद थापाले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका, भालुवाङबाट प्युुठान जिल्ला सदरमुकाम जोड्ने भालुवाङ–प्युुठान मोटरबाटोलाई चकचके–भिङ्गृ–लिबाङ एवं चकचके खलङ्गासम्म दुवै खण्डलाई एउटै सङ्केत नम्बर कायम गर्न आग्रह गर्नुधभयो । यो सडकलाई दुुई लेनमा स्तरोन्नित गरी राष्ट्रिय राजमार्गमा समावेश हुन छुट भएकाले अविलम्ब समेट्नुपर्नेमा उहाँको जोड थियो ।

सांसद थापाले विगत १० वर्षदेखि स्रोत सुनिश्चित भई ठेक्का लागेर पनि निर्माण अलपत्र परेको बाग्दुुला–भीमगिठे सडकअन्तर्गत निर्धारित बाग्दुुला–मच्छी–ठूलाबेँसी–भीमगिठे सडकको नयाँ ठेक्का अविलम्ब लगाउन माग गर्नुभयो । यसैगरी, मदनभण्डारी राष्ट्रिय राजमार्गअन्तर्गत सौतामारे–मच्छी खण्ड ठेक्का लागेर काम भइरहेकामा द्रुतगतिमा निर्माण हुनुुपर्ने, गोखुुङ्गा–बाग्दुुला खण्डका वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेकाले ठेक्का लगाउनुुपर्ने सांसद थापाको जोड थियो ।

प्रधानमन्त्रीसमक्ष प्रस्तुत मागपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सहरी विकास मन्त्रालयअन्तर्गत पक्की पुल र जिल्लामा विभिन्न स्थानीय तहका गरी दुुई हजार ३७७ सुरक्षित नागरिक आवास कार्यक्रमका योजना, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय, अर्थ मन्त्रालयअन्तर्गत सात क्रमागत योजना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत स्वर्गद्वारी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्नेगरी बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।

राष्ट्रिय योजना आयोगका समपूरक तथा विशेष अनुदानका आठ योजना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत चार योजना, खानेपानी मन्त्रालयअन्तर्गत १४ योजना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत १० योजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत प्युुठान नगरपालिकामा बृहत् प्रदर्शनीस्थल निर्माण, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत दुई योजनाका लागि सांसद थापाले प्रधानमन्त्रीमार्फत बजेट माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात र ऊर्जा क्षेत्रमा उच्च प्राथमिकतासहित बङ्गलादेशको विकास कार्यक्रम स्वीकृत हुम्ला विपद् : तत्काल राहतका लागि पहल गरिने प्रधानमन्त्रीद्वारा नेपाली महिला खेलाडीलाई बधाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छः मन्त्री दाहाल कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान कांग्रेसलाई भाग्ने ठाउँ नभएको र अब गभर्नर देखि प्रधानमन्त्री हाम्रो, जताततै हामी : महामन्त्री थापा इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो जाँदा छ जनाको मृत्यु, १४ बेपत्ता चीनसँग डेनमार्कको ‘खुला’ छलफल रेशमलाई पक्राउ गर्न पत्र लेख्ने शाखा अधिकृत विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत सरकारी सञ्चारमाध्यमहरुले नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु : सञ्चारमन्त्री गुरुङ सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा नेपाल पुरस्कृत रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री र कांग्रेस सभापति देउवाविच भेट हुँदै सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री