2026-08-29 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा करिब ११ हजार मतदाता थपिए

टेकराज भण्डारी | भदौ ७, अछाम | अछाम जिल्लामा करिब ११ हजार मतदाता थपिएका छन् । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्येनजर गर्दै निर्वाचन आयोगले दिएको समय गत साउन १ गते देखि भदौ ३ गते सम्मको समयावधिमा अछाम जिल्लामा १० हजार ९ सय १४ जना मतदाता थपिएका छन् । जसमा ६ हजार १ सय ८३ महिला र ४ हजार ७ सय ३१ जना पुरुष रहेका छन् । जस अनुसार पुरुष भन्दा महिला १ हजार ५ सय ५२ जना बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर एकेन्द्र बोगटीका अनुसार जिल्लाका ९ स्थानीय तह र सदरमुकाम मंगलसैन स्थित निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा नाम संकलन गरिएको थियो । जिल्लाका विभिन्न स्थानीय तहका केन्द्रमा गरिएको नाम संकलनमा सबैभन्दा बढी साँफेबगर नगरपालिकामा ६ सय ९३ महिला र ४ सय ७२ पुरुष गरी १ हजार एक सय ६५ रहेका छन् । यस्तै जिल्ला निर्वाचन कार्यालयमा १ हजार १ सय २७, पञ्चदेवल विनायक गाउँपालिकामा १ हजार ७१, चौरपाटी गाउँपालिकामा १ हजार १०, बान्नीगढी जयगढ गाउँपालिकामा ९ सय ५१ जना मतदाता थपिएका छन् । 

यसैगरी ढकारी गाउँपालिकामा ९ सय ३८, मेल्लेख गाउँपालिकामा ८ सय ४१, रामारोशन गाउँपालिकामा ६ सय ७६, कमलबजार नगरपालिकामा ६ सय २९ र तुर्माखाँद गाउँपालिकामा ५ सय ८० जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अघि स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा १ लाख २७ जहार ७ सय ४२ जना मतदाता रहेका थिए । थपिएको संख्या संगै अब जिल्लामा १ लाख ३८ हजार ६ सय छपन्न मतदाता संख्या रहेको छ । यसमा बाहिर जिल्लाबाट नामावली भरेका मतदाताको संख्या केही थपघट हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु