2026-10-14 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संविधान दिवसलाई २, ३ र ४ गते अछाममा भब्य रुपमा मनाईने

भदौ ३१, अछाम । नेपालको सविधान जारी भएको असोज २, ३ र ४ गतेलाई अछाममा पनी राष्ट्रिय दिवसको रुपमा भब्यताका साथ मनाईने भएको छ । 

दिवसको अवसरमा अछाम सदरमुकाम मंगलसेनमा औपचारीक कार्यक्रम सहित बिभिन्न कार्यक्रम तय गरिएको छ । जिल्ला समन्वय समिती अछामको आयोजनामा जिल्ला स्थित सरोकारवालाहरु बिच भएको बैठकवाट जिल्लामा तिन दिनसम्म गरिने बिभिन्न कार्यक्रम अन्य गतिविधीवारे छलफल गरिएको छ । 

जिल्ला समन्वय समिती अछामका संयोजक नरबहादुर कुवरको अध्यक्षतामा भएको बैठकले कुवरकै संयोजकत्वमा जिल्ला मुल समारोह समिती गठन गरेको छ । समितिमा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुख, प्रजिअ र जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा बिभिन्न सामाजिक संगठन र सरोकारवाला सदस्य राखिएको छ । 

बैठकवाट २, ३ र ४ गते बेलुका सबैले दिपावलि मनाउने, २ गते सार्वजनिक स्थल र सरकारी कार्यालय परिसरको सरसफाई गर्ने, जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गर्ने, सबै श्रोतकेन्द्र स्तरमा बक्तित्वकला प्रतियोगीता गर्ने निर्णय भएको छ । 

यस्तै ३ गते बिहान सबै सरोकारवालाको सहभागितामा प्रभातफेरी गर्ने, साँस्कृतिक झाँकी सहित बिभिन्न कार्यक्रम गर्ने र प्रवचन तथा मञ्चको कार्यक्रम गर्ने तय भएको छ । 

साथै संविधान दिवस मनाउन गठित जिल्ला समारोह मुल समितीवाट सबै स्थानीय तहलाई संविधान दिवस भब्य रुपमा मनाउन आग्रह सहित पत्राचार गर्ने समेत निर्णय गरिएको छ । 

बैठकमा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी, मंगलसेन नगर उपप्रमुख सरिता उपाध्याय, बिभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, बिभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख प्रतिनिधी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । -होम साउदको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ