2026-07-26 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आउन थाल्यो मत परिणाम – हेर्नुहोस् १० स्थानमा कहाँ कसको अग्रता

असोज ३, काठमाडौँ | प्रदेश नं २ को तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश अधिकांश निर्वचन क्षेत्रको मतगणनाको परिणाम आउने क्रम सुरु भएको छ | मत परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले अग्रता लिएको छ । उसलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन् । राजपा र फोरमले पनि केही स्थानमा अग्रता लिएका छन् ।

बाराको फेटा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वारले प्रारम्भिक अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार रुस्तम अन्सारीले २ सय मतगणना हुँदा ४० मत प्राप्त गरेका छन्। उनलाई फोरमका अमिरिलाल प्रसाद ३८ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै फोरम लोकतान्त्रिकका उम्मेदवार २२ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका असरफ अलीले १७, राजपाका उम्मेद्वारले १४  र एमाले उम्मेदरले ११ मत प्राप्त गरेको फेटाका निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिएका छन् ।

त्यस्तै बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । बाराको बारागढी गाउँपालिकामा कांग्रेसका देवदत्त बछारले २०५ ल्याएर प्रारम्भिक अग्रता लिएका हुन् । उनलाई फोरम नेपालका उम्मेद्वारले १५४ मतका साथ पछ्याइरहेका छन् । एमालेका उम्मेद्वार सीताराम चौधरीले भने १ सय २८ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । १३ हजार १ सय ७२ मतदाता रहेको बारागढीमा ८१.०५ प्रतिशत मतदान भएको थियो । 

बाराकै देवतालमा भने नेकपा माओवादी केन्द्र अगाडि छ । त्यस्तै कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ । कल्याणपुरमा कांग्रेसका मेयर उमेदवारले ८० मत पाएका छन् । राष्ट्रिय जनता पार्टीका उमेदवारले ५९ मत पाएका छन्। माओवादी केन्द्रका उमेदवारले ५ र एमालेले १ मत पाएका छन्। उपमेयरमा पनि नेपाली कांग्रैसले नै प्रारम्भिक अग्रता लिएको निर्वाचन अधिकृत दिर्घराज उपाध्यायले बताएका छन् ।

बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ । कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ। सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेका मेयर उमेदवार उत्तम शर्माले ९१ मत पाएका छन् । माओवादी केन्द्रका उमेदवार ध्रुव कार्कीले ४६ मत पाएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अशोक चौधरीले २४ र नेपाली कांग्रेसका कृष्णप्रसाद ढकालले २१ मत पाएका छन् । उपमेयरमा पनि एमाले उमेदवारले नै प्रारम्भिक अग्रता लिएका छन् ।

त्यस्तै धनुषाको मिथिला विहारी नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता लिएको छ। भर्खरै प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेका मेयर उमेदवारले १ सय २४ मत पाएका छन्। नेपाली कांग्रेसले १०५ मत पाएको छ भने संघीय समाजवादी फोरमले ६२ मत पाएको छ। राजपा उमेदवारले २९ मत पाएका छन्।

बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडी देखिएको छ। धनुषाको गणेशमान-चारनाथ नगरपालिकामा प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्रका मेयर उमेदवार दुर्गाप्रसाद मल्लले ९१ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका रामबावु यादवले ८४ मत ल्याएका छन्। त्यहाँ नेपाली कांग्रेसका उमेदवार संजय महतोले ७३ मत ल्याएका छन् भने र एमालेका बेचन साहले ३१ मत ल्याएका छन । उपमेयरमा पनि माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएका छन् ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन् ।  सिरहाको लक्ष्मीपु्र पतारी गाँउपालिकामा संघीय समाजवादी फोरमका अध्यक्ष उमेदवारले २६ मत पाएका छन । कांग्रेस उमेदवारले १३, माओवादी केन्द्रका उमेदवारले १२ र एमाले उमेदवारले ९ मत पाएका छन् । उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमले नै प्रारम्भिक अग्रता लिएको छ ।

अहिलेसम्म कसको अग्रता कहाँ ? 

कांग्रेस -४

माओवादी – २

राजपा – १ 

एमाले – २ 

फोरम नेपाल – १ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ