2026-07-25 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतान्त्रिक गठबन्धनका लागि सात सदस्यीय कार्यदल गठन

असोज १८, काठमाडौँ (रासस) । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । 

मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज आह्वान गर्नुभएको राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले सो निर्णय गरेको हो । 

मुलुकका ठूला दुई वामपन्थी दलले चुनावी गठबन्धन र पार्टी एकताका लागि पहल गरेको भोलिपल्ट लोकतन्त्र र परिवर्तन पक्षधर दलहरुको बैठकले उक्त कार्यदलमा काँग्रेसका तर्फबाट दुई जना र अन्य दलबाट एक÷एक जना सदस्य रहने निर्णय गरिएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । 

मुलुकको सामुन्ने विद्यमान परिस्थितिमा लोकतान्त्रिक शक्ति एकताबद्ध भएर जानु आवश्यक देखिएकाले त्यस सम्बन्धमा गृहकार्य गर्न कार्यदल गठन गरिएको छ, नेता निधिले भन्नुभयो, “कार्यदलका सदस्यको नाम भने बिहीबार बिहान सबै दलले दिने र त्यसपछि आवश्यक गृहकार्य एंव तयारी थालिने छ ।” 

कार्यदलले भोलि बिहानदेखि नै पार्टीका शीर्ष नेताहरुको निर्देशनमा आवश्यक गृहकार्य र तयारी थाल्ने नेता निधिले बताउनुभयो । बैठकमा मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच निर्वाचनको मुखमा भएको चुनावी गठबन्धन र पार्टी एकताको पहलका सबन्धमा गम्भीर र विस्तृत छलफल भएको थियो । 

बैठकमा वामपन्थी दलबीच भएको अस्वभाविक र रहस्मय गठबन्धनले निर्वाचन समयमा हुँदैन कि भन्ने आशंका सिर्जना गरेको बारेमा छलफल भएको बताउँदै नेता निधिले भन्नुभयो, “बैठकमा सहभागी शीर्ष नेताले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सामूहिक रुपमा एकताका साथ अगाडि बढ्ने दृढता व्यक्त गर्नुभएको छ ।” 

बैठकमा सहभागी छ दलसँग ३०२ जना सांसद रहेको स्पष्ट पार्दै नेता निधिले सरकारसँग पर्याप्त बहुमत रहेको र यही सरकारले निर्वाचन सम्पन्न गराउने बताउनुभयो । यसअघि आजै बसेको नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको थियो । 

बैठकमा प्रधानमन्त्री देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राजपा नेपालका अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जवरालगायत नेता उपस्थिति हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय