पोखरा ३१ असोज । विघटित व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका सभापति तथा नेकपा एमालेका केन्द्रीय सदस्य युबा नेता रवीन्द्र अधिकारीले विकासका मुद्धालाई राष्ट्रिय रुपमा बहस गर्ने वातावरण निर्माण गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा ३१ असोज । विघटित व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका सभापति तथा नेकपा एमालेका केन्द्रीय सदस्य युबा नेता रवीन्द्र अधिकारीले विकासका मुद्धालाई राष्ट्रिय रुपमा बहस गर्ने वातावरण निर्माण गरेको "/>
२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विकास र समृद्धिका लागी राजनीतिक स्थायित्व चाहिन्छ ः रविन्द्र अधिकारी

२०७४, ३१ आश्विन मंगलवार १६:०१

पोखरा ३१ असोज । विघटित व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका सभापति तथा नेकपा एमालेका केन्द्रीय सदस्य युबा नेता रवीन्द्र अधिकारीले विकासका मुद्धालाई राष्ट्रिय रुपमा बहस गर्ने वातावरण निर्माण गरेको बताउनु भएको छ । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्री, विभागीयमन्त्री र सचिवहरुलाई बोलाएर विकासका बारेमा छलफल गराउने महत्वपूर्ण काम भएको बताउनुभयो ।‘विकासको मुद्धालाई बहस गर्ने वातावरण निर्माण गर्ने काम भयो, चार वर्षको विकास समितिको काम बाट म सन्तुष्ट छु ।’ अधिकारीले हिमाल, पहाड र तराईमा भएका राष्ट्रिय गौरवका आयोजनाको निरिक्षण गदै क्रियाशिल गराउने र देखिएका समस्या समाधानका लागी पहल भएको दावी गर्नुभयो । अधिकारीले अस्थिर राजनीतिका कारण विकास आयोजनाका काम हुन नसकेको बताउदै राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो ।सरकार परिर्वतन भैरहदा विकासका कामहरु प्रभावित हुने भएकाले सोचे जस्तो नभएन् तर पनि चार वर्षे कार्यकालमा संसदीय समितिहरु मध्य उत्कृष्ट काम भएका छन् उहाँले भन्नुभयो‘मलाई जिताउने मतदाताले शिर झुकाउने काम गरेको छैन् ।’ विकास र समृद्धिमा राजनीतिक अस्थिरताले प्रभाव पारेको उहाँको भनाई थियो । “आफ्नो दायित्व अनुसारै निर्वाचन क्षेत्र विकास कार्यक्रम र विशेष पूर्वाधार कार्यक्रम पारदर्शी बनाउने, अनुगमन गर्ने तथा त्यसमा अत्यधिक जनसहभागिता गराई देशभरिमै उत्कृष्ट कार्य गर्न सकेकोमा मलाई गर्व महसुस भएको छ” भन्नुभयो र्। ै अधिकारीले यसैबीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता लगायत सबै प्रक्रिया पूरा गरी अहिले निर्माण सुरु गराउन पहल कदमी लिनुलाई पनि अर्को महत्वपूर्ण उपलब्धि मानेको बताउनुभयो ।



 त्यसै गरी उहाँले आफू विकास समितिको सभापति भएरजाँदासम्म राष्ट्रिय गौरवका विकास आयोजनाको गति सुस्त जनाउँदै त्यसमा सुधार आएको बताउनुभयो । यो ४ बर्ष अवधिमा आफूले संसदमा रहेर गरेका र आफ्नो निर्वाचन क्षेत्रमा गरेका कामहरुको विवरण सार्वजनिक समेत गर्नुभयो ।उहाँले विकास समितिले चार वर्षमा १ सय ५० निर्देशन र ७० बढि सहायक निर्देशन दिएको बताउदै त्यसमा ६० प्रतिशत निर्देशनको पालना भएको जानकारी दिनुभयो । निर्देशन पालनाका हिसावले कम भएपनि विकासका मुद्धालाई राष्ट्रिय बहसमा ल्याउनु आफनो सफलता भएको जिकीर उहाँले गर्नुभयो ।उहाँले पोखरा बेनी जोमसोम कोरला जोडने सकडका लागी सात ठाँउमा काम भैरहेको जानकारी दिदै भिमाद भैसेलोटन पुग्ने ट्रयाक खुलेको बताउनुभयो । चार नम्वर प्रदेश उत्तर दक्षिण जोडने राजमार्गको रेखा कोरिएको बताउदै सवारी आवतजावत गर्ने अवस्था सृजना भएको बताउनुभयो ।नेता अधिकारीले आर्थिक वर्ष २०७४(७५ मा आफ्नो साबिक निर्बाचन क्षेत्र नम्वर ३ ,कास्कीमा निर्बाचन क्षेत्र बिकास कार्यक्रम र क्षेत्र बिकास पूर्वाधार बिशेस कार्यक्रम अन्तर्गत विनियोजित बजेट र योजना समेत सार्बजनिक गर्नु भएको छ ।पुर्ब सांसद अधिकारीले पहिलो र दोश्रो संबिधान सभा र संसदमा प्रत्येक वर्ष आफ्नो निर्वाचान क्षेत्रमा विनियोजित रकम र योजना पारदर्शी रुपमा पत्रकार सम्मेलनमार्फत सार्बजनिक गर्दै आउनु भएको थियो । प्रेस चौतारी कास्किका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रामजी प्रसाद लम्सालले र संचालन सचिब अर्जुन गिरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो