2026-08-29 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा बाम गठबन्धनको चुनावी अभियान सुरु

कमल रावल/कात्तिक १३, अछाम । बाम गठबन्धन पछि नेकपा एमाले र माओबादी केन्द्रको संयुक्त बैठक विभीन्न निर्णय गर्दै सम्पन्न भएको छ । 

एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनीधी र प्रदेश सभा निर्वाचनको लागी नेकपा एमाले र माओबादी केन्द्रको जिल्ला स्तरको नेतृत्वमा संयुक्त अपिल छाप्ने र त्यसको लागी कात्तिक १४ गते देखी कार्यको थालनी गर्ने निर्णय गरेको छ ।

मंगलसेनमा सम्पन्न बैठकले बाम गठबन्धनका उमेद्धवारलाई बिजयी गराउन संयुक्त प्रचार प्रसार गर्ने, केन्द्रको निर्णय अनुसार उमेद्धवार हरुको नाम, फोटो र निर्वाचन चिन्ह सहित केन्द्रिय नारा अंकीत संयुक्त ब्यानर छाप्ने, दुबै पार्टिको तर्फबाट एक एक जना कार्यालय सचिव खटाउने, बाम गठबन्धनका भातृ संगठन हरुलाई पनी बैठक र भेला संयुक्त रुपमा गर्न अनुरोध गर्ने र एकै साथ प्रचार अभियानमा जान निर्देशन दिने निर्णय गरेको छ । 

बाम गठबन्धन पछिको पहीलो बैठकले दुबै पार्टिको संयुक्त अगुवा कार्यकर्ता भेला कात्तिक १७ गते जिल्ला समन्वय समितीको हलमा गर्ने, गाँउ र ईलाका स्तरमा पनी बाम गठबन्धनका कार्यक्रमहरु संयुक्त रुपमा गर्न दुबै पार्टिका शिर्ष नेताहरुले अनुरोध गरेका छन । 

बैठकमा एमाले नेता कृष्ण प्रसाद जैसी, माओबादी केन्द्रका जिल्ला संयोजक झपट साउद, मगलसेन नगरपालिका प्रमुख पदम बोहरा, रामारोशन गाउपालीकाका अध्यक्ष झंकर साउद, एमाले अछामका सचिव यज्ञ बहादुर बोगटी, माओबादी केन्द्रका केन्द्रिय आयोजक कमीटी सदस्य बम बहादर रावत, एमाले अछामका प्रचार विभाग प्रमुख भिम जनाला, माओबादी केन्द्रका नेता लोक बहादुर बोगटी, एमालेका जिल्ला सदस्य केशर मिया र नमराज न्यौपाने लागयतको सहभागीता रहेको थियो । 

नेकपा एमाले र माओबादी केन्द्रले पार्टि एकता गर्ने सहमती गरेपछि जिल्लाका ग्रामीण क्षेत्रमा पनी संयुक्त रुपमा कार्यक्रम हुन थालेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो