2026-07-03 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माओवादि केन्द्रका नेता साउदको समर्थनमा एमाले उपाध्यक्ष रावलद्धारा मनोनयन दर्ता

कमल रावल| कात्तिक १६, अछाम | आगामि मंसिर २१ गते हुुने प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि अछाम जिल्लामा दलहरुले मनोनयन दर्ता गराएका छन् । बिशेषदत अछाममा मुख्य प्रतिस्पर्धि दलहरु बामपन्थी नेकपा एमाले, माओवादि केन्द्र तथा नेपाली काग्रेसले बृहत रुपमा मंगलसेन बजारमा आफनो पार्टीको शक्ति प्रदर्शन सहीत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुुगेर मनोनयन दर्ता गराएका छन ।


जिल्ला निर्वाचन कार्यालय अछामले उपलब्ध गराएको दिउसो १ बजे देखि ३ भित्रै बामगठबन्धनका उम्मेद्धारले मनोनयन दर्ता गराएका छन । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका लागि एमाले केन्द्रिय कमिटी उपाध्यक्ष उपाध्यक्ष भिम रावलले एमाले अछामका अध्यक्ष शेर बहादुर कुवरको प्रस्ताव तथा नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य झकर साउदको समर्थनमा उम्मेद्धारि दर्ता गराउनुु भएको हो । अछाम क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यका लागि एमाले अछामका सचिव यज्ञ बहादुर बोगटीले पार्टी जिल्ला उपाध्यक्ष नन्द बहादुर कडायतको प्रस्ताब र माओवादि केन्द्रका जिल्ला उपाध्यक्ष बम बहादुर रावतको समर्थनमा उम्मेद्धारि दर्ता गराउनुु भएको छ ।

बामगठबन्धनको तर्फका प्रदेश सदस्यका लागि क्षेत्र नम्बर १ को क बाट नेकपा एमालेको तर्फबाट गोबिन्द कुवर, ख बाट नेकपा माओवादि केन्द्रको तर्फबाट झपट बोहरा, क्षेत्र नम्बर २ को क बाट नेकपा माओवादि केन्द्रको तर्फबाट अँकल रावल, ख बाट नेकपा एमालेको तर्फबाट बल बहादुर सोडारिको उम्मेद्धारि दर्ता भएको छ । ३ बजे पछी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुुगेर नेपाली काग्रेसले मनोनयन दर्ता गराएको छ । प्रतिनीधी सभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट नेपाली काग्रेस अछामका सभापती भरत कुमार स्वार, क्षेत्र नम्बर २ बाट पुर्व पार्टी सभापती पुुष्प बहादुर शाहले उम्मेद्धारि दर्ता गराउनुु भएको छ ।

प्रदेश तर्फ अछाम क्षेत्र नम्बर १ को क बाट मेघरजा खडका, ख बाट टेक बहादुर साउद, क्षेत्र नम्बर २ को क बाट सुरत बिष्ट र ख बाट बल बहादुर कुुवरलको मनोनयन दर्ता भएको छ । त्यसैगरि अन्य केही साना दलले समेत प्रतिनीधी र प्रदेश सभाका लागी उम्मेद्धारि दिएका छन । निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल मजदुर किसान पार्टी अछामका अध्यक्ष झकर बहादुर शाही र नयाँ शक्ति पार्टी नेपालको तर्फबाट तिर्थराज ढकालले उम्मेद्धारि दर्ता गराएका छन । त्यसैगरि प्रदेश अन्र्तगत क्षेत्र नम्बर २ को क बाट नेपाल मजदुर किसान पाटीका पदम बहादुर बुढा, नेकपा मालेका दिल बहादुर बिष्टको उम्मेद्धारि दर्ता भएको मुख्य निर्वाचन कार्यालय अछामले जनाएका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक