2026-09-27 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय

2026-06-23

काठमाडौँ | शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ । सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन् ।

उनले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको उल्लेख गरे । उनले नजिता प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको र इमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए । त्यस्तै सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रिया सम्बन्धी विश्वविद्यालयको ऐनका भएको व्यवस्था अनुसार नै रहेको बताए । खुला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।

सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले करिब १४ सय विदेशी विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिँदै विद्यार्थी भिसालाई सहजीकरण गर्ने विषयमा गृह मन्त्रालयसँग छलफल अघि बढाइएको धारणा राखे । चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउनका लागि नीतिगत निर्णय गर्ने तयारीमा सरकार अघि बढिरहेको उनको भनाइ छ । उनले स्वदेशमा अध्ययनपछि रोजगारीको पर्याप्त व्यवस्था हुन नसक्दा नेपाली विद्यार्थीहरू अन्य देशमा अध्ययनका लागि जाने गरेको देखिएको बताए ।

स्वदेशमा नै रोजगारीको पर्याप्त अवसरका लागि सबैको सामूहिक प्रयास भए विद्यार्थीहरूलाई स्वदेशमा नै रोक्न सकिने आफूहरूको विश्वास रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह