2026-10-14 04:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘समृद्ध अछामको परिकल्पना कांग्रेसले मात्रै पुरा गर्न सक्छ’

कात्तिक २०, अछाम ।  नेपाली कांग्रेस अछामका सभापती तथा प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेद्धवार भरतकुमार स्वाँरले अछामको सम्रग विकासको एजेण्डा कांग्रेसले मात्र बनाएको दावी गर्नुभएको छ । 

पूर्व जिविस सभापति समेत रहेका स्वाँरले कांग्रेले नै अछाममा विकास योजनाहरुको थालनि गरेको भन्दै कांग्रेसको बहुमत आएमा नेपाल नै समृद्ध बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । 

प्रतिनीधी सभा क्षेत्र नं. १ को पहिलो चुनाबी आमसभालाई सोमबार लुंग्रामा सम्वोधन गर्दै उम्मेद्धवार स्वाँरले अछाम तथा सुदूरपश्चिम क्षेत्रको आर्थिक, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रका विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताउनु भयो । 

नेपाली कांग्रेसले नै संविधान निर्माण गरको भन्दै स्वाँरले संविधानको कार्यान्यव पनि कांग्रेसकै नेतृत्वमा हुनेमा विस्वस्त हुन उहाँले जनतालाई आग्रह गर्नुभयो । अछाम जिल्लाका लागी राष्ट्रिय स्तरका आयोजनाहरु सेती लोकर्माग, बुढीगंगा जलविद्युत आयोजना, खप्तड पर्यटन क्षेत्र विकास, संचार क्षेत्रको विकास, बिद्युत, खानेपानी, मध्यपहाडी, सेती लोकमार्ग, साफेबगर मेगासिटी लगायतका याजना कांग्रेसकै पालामा सुरुवात भएको भन्दै उम्मेद्धवार स्वाँरले यि सबै कामलाई पूर्णता दिन लोकतन्त्रको जित आवश्यक रहेको बताउनु भयो । 

यस्तै चुनावी आमसभालाई सम्वोधन गर्दै प्रदेश नं. १ का उम्मेदावार मेघराज खड्काले अछाम जनताको आर्थिक स्तर उकास्न र जिल्लामै स्वरोजगारको बातावरण बनाउन आफुले योजना बनाएको भन्दै कांग्रेसले जितेको खण्डमा आफ्नो योजना कार्यान्वयन गर्ने बताउनु भयो । 

आफु सधैँ अछामी जनताको पक्षमा काम गर्दै आईरहेको भन्दै पूर्व पार्टी सभापति समेत रहेका खड्काले आर्थिक विकास गरी देशलाई समृद्ध बनाउने खाका कांग्रेसले बनाएको दाबी गर्नुभयो । कांग्रेसको जित नै लोकतन्त्रको जित हुने भन्दै उम्मेद्धवार खड्काले आफुलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश