२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

निर्वाचनलाई शान्त र भयरहीत बनाउन अछामका सरोकारवाला प्रतिबद्ध

२०७४, २२ कार्तिक बुधबार १२:१०

कमल रावल/कात्तिक २२, अछाम । आसन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई शान्त र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि अछामका सरोकारवाला प्रतिबद्ध भएका छन । 

मंसिर २१ गते अछाममा हुने निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध, मतदाता शिक्षा अभियान तथा मतदान स्थलको अनुगमन कार्यका लागि आवश्यक तयारी अघि बढईएको बताएका छन । 

चुनाव भयरहीत वातावरण गराउन सुरक्षाको प्रबन्ध तथा मतदाता शिक्षाको बारेमा रेडीयो रामारोशनले गरेको सुदुरसवाल कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रबन्ध सुरक्षा समितीले मिलाईसकेको बताउनु भयो । जिल्लामा आवश्यक परिस्थीतीलाई मध्येनजर गर्दै सुरक्षा योजना तयार भएको जानकारी दिनु भयो । अछामका सबै मतदान स्थलमा आफु नपुगे पनी ५० प्रतिशत मतदान स्थलमै पुगेर स्थलगत अनुगमन गरेको बताउनुभयो । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन हुने बताउनुभयो । 


साथै निर्वाचन भई मतगणना सार्वजनिक नहुञ्जेल सम्म मंसिर १ गते मदिरा विक्री वितरण तथा सेवनमा पुर्ण रुपमा रोक लगाईएको बताउनुभयो । यदी यो अवधिमा यस्ता कार्य भेटिएमा कडा कारबाही गर्ने जानकारी दिनुभयो । छलफल कार्यक्रममा निमित्त जिल्ला निर्वाचन अधिकारी राम बहादुर माझिले प्रतिनिधी र प्रदेश सभाको निर्वाचन एकै साथ हुने भएकाले जिल्लाबाट नभई आयोग कै कारण मतदाता शिक्षा कार्यक्रममा ढिलाई भईरहेको बताउनु भयो । 

यतिबेला केन्द्रबाट नै निर्देशन भई आवश्यक कार्य गर्न परिपत्र भईसकेकाले कात्तिक २५ गतेदेखि नै मतदाता शिक्षाका लागि स्वयमसेवक खटईने बताउनु भयो । स्वयमसेवक बाट नै पार्टीको प्रचार गरि आचारसहीता उलघनका कार्य भईरहेको छ भन्ने सहभागिको गुनासोमा माझीले जसले उलघनका कार्य गरिरहेको छ त्यो व्यक्तिको त्यही स्थलबाट फोटो खिचेर जानकारी गराउन आग्रह गर्दै तुरुन्तै कारबाही गर्ने बताउनु भयो । आचार सहीतका उलघनका कार्य गर्नेलाई कडा कारबाही हुने बताउनु भयो । अछाम जिल्लामा निर्वाचनका लागि १ सय २९ मतदान स्थल र १ सय ९७ मतदान केन्द्र रहेका छन ।

 जसमा ५५ अतिसंवेदन शिल, ६५ संवेदनशिल र ६ ९ केन्द् सामान्य रहेका छन । कार्यक्रम बोल्दै निर्वाचनको जिम्मा पाएका नियोग अछामका प्रतिनीधी मान बहादुर कुवरले चुनावमा आचार संहीताका उलघनका घट्ना बढ्दै गएका बताउनु भयो । २०७० सालको सविधान सभा र २०७४ को स्थानिय तहको निर्वाचनमा अनुगमन गर्दा अधिकाश उम्मेद्धार, राजनितिक दलका प्रतिनीधी तथा सरकारी कर्मचारीबाट उलघनका घट्ना हुने गरेका बताउनु भयो । 

आफनो सस्थाको कार्य कानुनी कारबाही गर्ने नभई अनुगमन सहीत तथ्य रिपोर्ट दिने भएकाले कानुनी कारबाही गर्ने निकायले कारबाही गर्नु पर्ने उहाँको जोड रहेको थियो । सुदुर सवालको पुरा भाग रेडीयो रामारोशनबाट शनिबार राती सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे सुन्न सक्नु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने