2026-10-22 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा

2026-08-01

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करुणा र सहानुभूति भएको बताएका छन् । शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आधुनिक नेतृत्वका लागि ज्ञान, प्रविधि र सीप आवश्यक भए पनि मानवीय संवेदना नभए नेतृत्व सफल हुन नसक्ने बताए ।

उनले बाढी, पहिरो, खडेरी वा अन्य विपद्का बेला नागरिकको पीडा महसुस गर्न सक्ने क्षमता नै नेतृत्वको आधार भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा लोकप्रियता (लाइक) भन्दा नागरिकको जीवन (लाइफ) लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।‘करुणा, माया र सहानुभूति हरायो भने हामी केवल मेसिनजस्ता बन्छौँ। लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ,उनले भने ।

सभापति थापाले आगामी साउन २४ गतेदेखि नेपाली कांग्रेसले ‘एनसी फर एनसी’ (नेप्लिज कांग्रेस फर नेसनल कज) अभियान सुरु गर्न लागेको जानकारी पनि दिए। अभियानअन्तर्गत पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यमा आफूलाई जोड्ने नीति लिइएको उनले बताए । विपद् व्यवस्थापनसम्बन्धी तालिममा सहभागीहरूलाई सम्बोधन गर्दै उनले यस वर्षको आफ्नो सामाजिक प्रतिबद्धता विपद् व्यवस्थापनसँग जोड्न आग्रह गरे। प्रशिक्षणबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न र आफूले सिकेका सीप अन्य नागरिकसम्म पनि पुर्‍ याउन उनले सहभागीहरूलाई अनुरोध गरे ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा थापाले विपद्को समयमा प्रभावकारी रूपमा परिचालित हुन सक्ने जनशक्ति तयार गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई समाजको तल्लो तहसम्म पुगेर सेवा र सचेतनामा योगदान गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ