2026-10-02 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा

2026-08-01

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करुणा र सहानुभूति भएको बताएका छन् । शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आधुनिक नेतृत्वका लागि ज्ञान, प्रविधि र सीप आवश्यक भए पनि मानवीय संवेदना नभए नेतृत्व सफल हुन नसक्ने बताए ।

उनले बाढी, पहिरो, खडेरी वा अन्य विपद्का बेला नागरिकको पीडा महसुस गर्न सक्ने क्षमता नै नेतृत्वको आधार भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा लोकप्रियता (लाइक) भन्दा नागरिकको जीवन (लाइफ) लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।‘करुणा, माया र सहानुभूति हरायो भने हामी केवल मेसिनजस्ता बन्छौँ। लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ,उनले भने ।

सभापति थापाले आगामी साउन २४ गतेदेखि नेपाली कांग्रेसले ‘एनसी फर एनसी’ (नेप्लिज कांग्रेस फर नेसनल कज) अभियान सुरु गर्न लागेको जानकारी पनि दिए। अभियानअन्तर्गत पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यमा आफूलाई जोड्ने नीति लिइएको उनले बताए । विपद् व्यवस्थापनसम्बन्धी तालिममा सहभागीहरूलाई सम्बोधन गर्दै उनले यस वर्षको आफ्नो सामाजिक प्रतिबद्धता विपद् व्यवस्थापनसँग जोड्न आग्रह गरे। प्रशिक्षणबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न र आफूले सिकेका सीप अन्य नागरिकसम्म पनि पुर्‍ याउन उनले सहभागीहरूलाई अनुरोध गरे ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा थापाले विपद्को समयमा प्रभावकारी रूपमा परिचालित हुन सक्ने जनशक्ति तयार गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई समाजको तल्लो तहसम्म पुगेर सेवा र सचेतनामा योगदान गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल