2026-10-20 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री

2026-09-09

काठमाडौँ | सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद दिवसलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बेवास्ता गरेको भन्दै आक्रोश पोखेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा सरकारले सहिद र पीडित परिवारका लागि केही गर्न नसकेको गुनासो गरिन् । जेनजी सहिदकी आमासमेत रहेकी खत्रीले एक वर्षमा देशले सहिद र एक दिनको बिदा पाउनुबाहेक पीडित परिवारले केही नपाएको बताएकी हुन् ।

उनले सहिदको नाममा केही लेखिदिन र श्रद्धाञ्जली व्यक्त गर्न आग्रह गर्दा प्रधानमन्त्रीबाट दिनभर बेवास्ता भएको र बेलुकी मात्रै सामाजिक सञ्जालमा छोटो स्टाटस आएको भन्दै असन्तुष्टि जनाइन् । ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । देशले सहिद पायो, एक दिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुहोस्, कि त केही बोलिदिनुहोस्, जेनजी सहिदको नाममा केही लेखिदिनुहोस् भनेर बिहान ७ बजेदेखि भन्दा–भन्दा बेलुकी ७ बजे स्टाटस आयो अनि एक वर्षपश्चात् सहिदलाई श्रद्धाञ्जली,’ उनले भनिन् ।

सांसद खत्रीले आफ्नै दलको नेतृत्वलाई सहिद र घाइते परिवारले न्याय र सरकारको साथ पाउन अझै कति समय कुर्नुपर्ने हो भन्दै प्रश्नसमेत गरिन् ।‘सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? सहिद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’ उनले प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ