2026-10-02 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री

2026-09-09

काठमाडौँ | सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद दिवसलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बेवास्ता गरेको भन्दै आक्रोश पोखेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा सरकारले सहिद र पीडित परिवारका लागि केही गर्न नसकेको गुनासो गरिन् । जेनजी सहिदकी आमासमेत रहेकी खत्रीले एक वर्षमा देशले सहिद र एक दिनको बिदा पाउनुबाहेक पीडित परिवारले केही नपाएको बताएकी हुन् ।

उनले सहिदको नाममा केही लेखिदिन र श्रद्धाञ्जली व्यक्त गर्न आग्रह गर्दा प्रधानमन्त्रीबाट दिनभर बेवास्ता भएको र बेलुकी मात्रै सामाजिक सञ्जालमा छोटो स्टाटस आएको भन्दै असन्तुष्टि जनाइन् । ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । देशले सहिद पायो, एक दिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुहोस्, कि त केही बोलिदिनुहोस्, जेनजी सहिदको नाममा केही लेखिदिनुहोस् भनेर बिहान ७ बजेदेखि भन्दा–भन्दा बेलुकी ७ बजे स्टाटस आयो अनि एक वर्षपश्चात् सहिदलाई श्रद्धाञ्जली,’ उनले भनिन् ।

सांसद खत्रीले आफ्नै दलको नेतृत्वलाई सहिद र घाइते परिवारले न्याय र सरकारको साथ पाउन अझै कति समय कुर्नुपर्ने हो भन्दै प्रश्नसमेत गरिन् ।‘सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? सहिद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’ उनले प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता