काठमाडौँ | रास्वपा सांसद खगेन्द्र सुनारकाे अभिव्यक्तिको अंश संसदीय रेकर्डबाट हटाइएको छ । सभामुख डोलप्रसाद अर्यालले सुनारले भदौ २६ गतेको बैठकको शून्य समयमा बोलेको अंश हटाउन निर्देशन दिएका हुन् ।
सांसद सुनारले ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भनेका थिए । उक्त अभिव्यक्ति हटाउन सभामुख अर्यालले निर्देशन दिएका हुन् । यो उक्ति बताउँदै उनले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीलाई भ्रष्टाचारको आरोप लागेको भन्दै छानबिन र बर्खास्तको माग गरेका थिए ।