2026-10-17 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत

2026-09-22

काठमाडौँ | नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र कुनै पनि प्रकारको विग्रह वा विद्रोहको अवस्था नरहेको र पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पूर्ण रूपमा एकताबद्ध रहेको दाबी गरेका छन् । आज बसेको केन्द्रीय समिति बैठकमा बोलेका ४१ जनामध्ये अधिकांशले अध्यक्षलाई समर्थन गरेको उनले बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले पार्टी नेतृत्व परिवर्तन गर्ने सोच न त नेताहरूको मनमा रहेको, न कार्यकर्ता र जनताको चाहना भएको टिप्पणी गरे ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले आफूहरु कुनै विद्रोहको पक्षमा नरहेको बताएको उनको भनाइ छ । ‘महासचिवले अध्यक्षको चाहनाभन्दा बाहिर गएर आफूले नेतृत्व दाबी नगर्ने र विशेष महाधिवेशन बोलाउने कुनै सोच नरहेको स्पष्ट पार्नुभएको छ,’ बस्नेतले भने ।

यस्तै, उपाध्यक्ष पौडेलले पनि पार्टीका राम्रा कामहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन बलियो र सुसङ्गठित नेतृत्व आवश्यक रहेको धारणा राखेको उनले जानकारी दिए । केन्द्रीय कमिटी बैठकको अवस्थाबारे जानकारी दिँदै बस्नेतले भने, ‘हालसम्म बोल्ने करिब ४१ जना केन्द्रीय सदस्यमध्ये ८० प्रतिशतभन्दा बढीले अध्यक्षको राजनीतिक प्रतिवेदनलाई पूर्ण समर्थन गर्दै पार्टी एकताको पक्षमा धारणा राख्नुभएको छ । चार(पाँच जना साथीहरूले मात्र आलोचनात्मक कुरा गर्नुभएको छ ।’

बैठक सञ्चालनलाई लिएर कर्ण थापा, ठाकुर गैरे, कृष्णभक्त पोखरेल लगायतका केही नेताहरूले उठाएका विषयहरू विधि र व्यवस्थापनसँग मात्र सम्बन्धित रहेको उनले स्पष्ट पारे । समय व्यवस्थापनका लागि अध्यक्षले महासचिव वा अन्य पदाधिकारीलाई बैठक सञ्चालनको जिम्मा दिनु सामान्य प्रक्रिया भएको बस्नेतको तर्क थियो । जनताले केपी ओलीको विकल्प खोजेको हो कि भन्ने पत्रकारहरूको प्रश्नमा नेता बस्नेतले त्यसलाई अस्वीकार गर्दै नियोजित रूपमा भ्रम फैलाइएको दाबी गरे ।

अराजक, अवसरवादी र पपुलिस्ट शक्तिहरूले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोग गरी एमाले र यसको नेतृत्वविरुद्ध ‘डिजिटल वार’ छेडेको उनको आरोप थियो ।‘राष्ट्रियता, विकास र समृद्धिका पक्षमा हामीले गरेका राम्रा कामहरू जनतासम्म सही ढङ्गले सम्प्रेषण हुन सकेनन्,’ बस्नेतले भने, ‘हाम्रो पार्टी डिजिटल रूपमा उत्ति मैत्री हुन नसक्दा मिडियाले बनाइदिएको भाष्य र क्याप्सनका भरमा जनतामा भ्रम सिर्जना भएको हो । जनताले ओलीलाई नचाहेका होइनन् ।’ यस्ता भ्रमहरूलाई चिर्न अब पार्टीले डिजिटल भोलेन्टियर परिचालन गर्ने र प्रविधिमैत्री अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै उनले एमाले एक ढिक्का भएर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु