2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मुठ्ठीभरका जनता धनी हुने सत्ता पल्टाउँछौं: नेता अधिकारी

मंसिर १ , पोखरा  | कास्की क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार रबिन्द्र अधिकारीले मुठ्ठीभरका जनता मात्र धनी हुने शासन सत्ता पल्टाउने उद्घोष गरेका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा—१६ बाटुलेचौर मैदानमा शुक्रबार बिहान घरदैलोको शुभारम्भ गर्दै प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ का उम्मेद्वार अधिकारीले मुठ्ठीभरका मान्छे धनी हुने तर जनता भने गरीब बनाईराख्ने वर्तमान शासन सत्ता पल्टाउने उद्घोष गरेका हुन् । उनले भने, ‘केही मुठ्ठीभरका मान्छे धनी हुने तर जनता भने सँधै गरीब भइराख्ने शासन सत्ता हामी उल्टाउँछौं ।’

एमालेका युवा नेतासमेत रहेका उम्मेद्वार अधिकारीले विगतमा राजनीतिक अस्थिरताका कारण विकास गर्न नसकेको स्विकार्दै अब बाम एक भई आएकाले स्थिरताका लागि मतदान गरी बाम गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।अधिकारीले कांग्रेसले सिसाको महलमा बसेर ढुंगा हान्ने काम गरिरहेको भन्दै शिसाको घर झ¥यामझुरुम पारिदिने चेतावनी दिए । कांग्रेस उम्मेद्वारले बाम गठबन्धनका उम्मेद्वारलाई व्यक्तिगत लाञ्छना र गालीगलौज गरेकोप्रति उनले आक्रोश व्यक्त गरेका हुन् । उनले आकाशमा थुकेको थुक आफ्नै अनुहारमा पर्न सक्नेतर्फ कांगे्रसलाई सचेत गराए ।

कास्की—२ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरुको संकल्प रहेको बताए । उनले मुलुकको मुहार फेर्नका लागि बाम गठबन्धनलाई विश्वास गरिदिन आग्रह गरे । कम्युनिष्टहरु नमिलेसम्म राजनीतिक परिवर्तन र आर्थिक समृद्धी नहुने दाबी गर्दैै उनले भने, ‘हामीलाई अन्तिम पटक विश्वास गर्नुस्, मुलुकको मुहार फेर्ने र जनताको जीवनमा परिवर्तन ल्याउने हामीले संकल्प गरेका छौं र त्यो पूरा गरेरै छाड्छौं ।’ उनले ग्रामिण स्तरसम्म स्वरोजगार बनाउने र बेरोजगारलाई रोजगार दिने बाम गठबन्धनको अभिष्ट रहेकाले अन्तिम पटक अवसर दिन उनको आग्रह थियो ।

‘करण’ले प्रदेश नम्बर ४ लाई देशकै नमूना (मोडल) प्रदेश बनाउने आफूहरुको योजना रहेको बताए । साथै उनले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न कांग्रेसलाई चेतावनी दिदै त्यसो गरिरहे एउटाको सट्टा दशौं आरोपको प्रमाणसहित कांग्रेस उम्मेद्वारको भण्डाफोर गरिदिने बताए ।

पोखरा वडा नं ३१ मा बाम गठबन्धनको कार्यालय

निर्वातमान सभासद चुडामणि जंगली बामपन्थीको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले भने, ‘हाम्रो लक्ष्य समाजवाद हो र त्यसलाई प्राप्त गर्नका लागि दुइ तिहाइसहितको कम्युनिष्ट सरकार आवश्यक छ ।’

कास्की क्षेत्र नं १ क प्रदेश सभा सदस्य उम्मेदवार दीपक कोइरालाले यो निर्वाचन सामान्य होइन नभएको भन्दै संविधान कार्यन्वयन र विकास निर्माणमा निरन्तर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नं १ बाम गठबन्धनका साझा उम्मेदवार खगराज अधिकारीले अब सक्रिय बनेर विकास गर्ने इच्छा रहेको बताएका छन् । उनले नेपाली कांग्रेको कार्यालयको खर्चका लागी सासंद विकास कोषको ४० हजार खर्च गरेको दाबी गरे । उनले भने, ‘कहाँ के विकास गर्नु भयो उहाँले कहाँ गयो सासंद विकासको ३ करोड । अब जनताले पनि प्रश्न गर्नुपर्छ ।’ उनी कास्की क्षेत्र नं १ अन्र्तगत पोखरा लेखनाथ मनपा वडा नं ३० मा घरदैलोमा छन् ।

जीवन घरदैलोमा

यता, कास्की क्षेत्र नं ३ खका उम्मेदवार रामजी बराल जीवन घरदैलोमा व्यस्त छन् । शुक्रबार बिहान उनले माछापुच्छ«े गाउँपालिका वडा नंं ९ का कुइवाङ प्रोमधुम, तक्रो, इमु र सैतीभट्टमा घरदैलो र कोणसभा गरे । वाम गठबन्धनका साझा उम्मेदवार जीवनले आफूले यो क्षेत्रको विकासमा विशेक्ष ध्यान दिने बताए । उनले पर्यटन प्रवद्धनमा र महत्वपूर्ण जडिबुटीको संरक्षण गर्दै समृद्धिको मार्गमा लाग्नुपर्नेमा जोड दिए । उनले यहाँले स्थानीयले झेल्नुपरेको खानेपानी समस्यालाई व्यवस्थित गर्ने पहल गर्ने आश्वासनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा