2026-09-19 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभा कास्की ३ ‘क’मा माओबादी र ‘ख’मा एमाले विजयी

मङ्सिर २४, पोखरा । प्रदेशसभा कास्की क्षेत्र नं ३ (क)मा नेकपा (माओवादी केन्द्र)का रामजी बराल निर्वाचित हुनुभएको छ । 

उहाँले १५ हजार ८२३ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत पाउनुभएको छ । क्षेत्र नं ३ (क) मा ४२ हजार १८१ मतदाता रहेकामा २८ हजार ९०४ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले आपूm सधैँ यस क्षेत्रको विकासमा क्रियाशील रहने बताउनुभयो । 

यस्तै क्षेत्र नं ३ (ख) मा नेकपा (एमाले)का उम्मेदवार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारी निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार १६७ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सिकन्दर गुरुङले १० हजार ८७६ मत पाउनुभएको थियो ।

क्षेत्र नं ३ (ख) मा ४६ हजार ५२४ मतदाता रहेकामा ३२ हजार ९८७ मतदाताले मतदान गर्नुभएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उहाँले फेवातालको संरक्षण र विकास निर्माणमा आपूmले विशेष ध्यान दिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा