2026-07-29 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम: छाउपडी कुप्रथाको अन्त्यको अभियान जनप्रतिनीधीबाट सुरु हुँदै

कमल रावल/माघ ३, अछाम । अछाम जिल्लामा रहेको छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सबै सरोकारवाला एकजुट भएर अघि बढ्ने भएका छन । 

जिल्लामा पछिल्लो समय छाउपडी कुप्रथाले नकारात्मक प्रभावका साथै समस्या निमत्याउने भएकाले सबै स्थानिय तहका जनप्रतिनीधी, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र सञ्चारकर्मिले यसलाई आगामि दिनमा अभियानकै रुपमा लिने भएका हुन । मंगलसेनमा भएको अन्तरक्र्रिया कार्यक्रमका सहभागि स्थानिय तहका प्रमुख तथा उपप्रमुखले यसलाई कार्ययोजना सहीत आफनो स्थानिय तहबाट लाग्ने बताएका छन । 

छाउपडी कुप्रथालाई अन्त्य गर्न छलफलका प्रमुख अतिथी अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले प्रस्तुत गर्नु भएको ९ बुदे प्रस्तावले सहभागिले पारित समेत गरेका छन । नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउपालिकाका अध्यक्ष उपाध्यक्षले अब यसलाई आफनो नगर तथा गाउमा लिएर कार्यकारिणीको समितीको बैठकमा अनुमोदन गराई प्रत्येक वडा वडामा लैजाने बताए । 

आगामी दिनमा प्रत्येक स्थानिय तहका वडा सदस्य, अध्यक्ष, गाउपालिकाका सदस्य, नगरकार्यपालिकाका सदस्य, गाउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई ह्वीप समेत जारी गरि छाउपडी प्रथा अन्त्यका लागि आफै घरमा सुरु गराउन अभियान थाल्ने बताएका थिए । 

जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमका सहभागि सबैले छाउपडी प्रथाले आफनो गाउ समाजमा पारेको नकारात्मक असर र आफनो घर तथा गाउ टोलको अबस्थाको बारेमा अनुभव सुनाएका थिए । 

सबैले एकसाथका साथ आगामि दिनमा यसलाई अभियानका साथ लिने प्रतिबद्धता समेत जनाएका थिए । 

जिल्ला समन्वय समिती अछामका सदस्य लक्ष्मी शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निमित्र महिला बिकास अधिकृत मञ्जु महतले गर्नु भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ