३ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीकि संघर्षशील महिला नेतृ बन्लिन् त प्रदेश मन्त्रि ?

२० माघ २०७४, शनिबार ०४:४२

नरी बडु | माघ २०, बैतडी | ७ नम्बर प्रदेशका महिला नेतृहरुमा अग्रस्थानमा बैतडीकी माया भट्टको नाम आउने गरेको छ । हाल उनी एमालेबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी छिन । बैतडीको जस्तो समाजबाट प्रदेशसभा सदस्य बन्न उनको राजनितिमा ठूलो संघर्ष छ । २०४६ सालको आन्दोलनबाट प्रभावित भएर उनी राजनीतिमा प्रवेश गरेकी हुन् । 

५२ वर्षीय भट्ट समाजमा रहेको छुवाछुत, कुसंस्कार, विकृति, भेदभाव, थिमोमिचोलाई चिर्दै आजको अवस्थामा पुगेकी हुन । अन्याय अत्याचारको अन्त्यको लागि सधै तत्पर रहने भट्ट जिल्लाकै महिला अगुवा हुन् । त्यो बेला कम्युनिष्ट सिद्धान्त अंगालेका नेता देख्ने बित्तिकै  हेर्ने नजरसमेत समाजको ठिक थिएन । उनले त्यही सिद्धान्त अंगालेर गाउँगाउँ पुगेर महिलालाई संगठित गरिन । घरधन्दामा सिमित महिलालाई समाजमा हिडाउँन उनले खेलेको भूमिका महत्वपूर्ण  छ ।

माथिको तस्बिरमा: शहीदका सपना पुरा गर्ने अठोट लिई शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गर्दै ७ नम्बर प्रदेशकी सांसद माया भट्ट । 

उनले राजनितिक यात्रा तय गर्ने समयमा ठूलै संघर्षको सामना गर्नुपर्यो । महिलालाई घरधन्दामै सिमित राख्ने समाजमा उनी जिल्लाका विभिन्न ठाउँमा पुगेर संगठन बिस्तार लागिन । अधिकार, समानताको लडाइँ लडने ७ नम्बर प्रदेशकी उनी अगुवा महिला हुन् । समाजमा महिलाहरुले पुरुषसरह अधिकार पाउनुपर्ने माग राख्दै उनले गरेको लडाइँकै फलस्वरुप आज महिलाले सम्मानजनक स्थान पाउन सकेका छन् । पुरुषसरह अधिकार पाउनपर्ने माग राख्दै उनीसहितका महिला पटकपटक काठमाडौं पुगेर आन्दोलन गरेको उनीले बताइन् । ‘हिजोको अवस्था र आजको अवस्थामा केही परिवर्तन आएको छ,’ उनले भनिन्, ‘हामीले महिला अधिकारको लडाइँ लडेर केही नभए पनि ३३ प्रतिशत आरक्षण पाउन सकेका छौं ।’ हरेक क्षेत्रमा महिलालार्य स्थान पाउन थालेको उनले बताइन् । स्थानीय तहमासमेत अहिले महिला प्रमुख/उपप्रमुख भएको उनको भनाइ छ ।

२०४६ सालमा अखिल नेपाल महिला संघको जिल्ला संयोजक बनेकी भट्टकै कारण हाल जिल्लामा केही महिला राजनीतिमा सक्रिय छन् । २०५४ सालमा तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदै जिल्ला विकास महासंघको केन्द्रीय सदस्य बनेकी उनीसँग स्थानीय निकायकोसमेत लामो अनुभव छ ।  २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार थिइन् ।  पार्टीले मुल्यांकन गर्दै जिम्मेवारी दिएपछि त्यसलाई निमुर्ण ढंगले निर्वाह गर्ने उनको अठोट छ । ७ नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने लगभग पक्का छ । उनी प्रदेशसभामा जुनसुकै पद  समाल्न तयार छिन् । राजनीतिको लामो अनुभव भएकी भट्ट आफ्नो क्षमताले प्रदेशको विकासको लागि लाग्ने बताउँछिन् ।

अन्य प्रदेशको तुलनामा पछाडि रहेको यो प्रदेश जलविद्युत्, पर्यटनको विकास गर्न सके अन्य प्रदेशको तुलनामा धनी बन्न सक्ने उनले बताइन् । ‘प्रदेशमा  सरकार बनेपछि यो प्रदेशलाई सम्पन्न बनाउन प्रदेश सरकारको महत्वपूर्ण हात हुन्छ,’ उनले भनिन्, ‘भिजनसहित अघि बढन सके मात्र सम्वृधिको ढोका खुल्छ ।’ जनताले बाम गठबन्धनलाई म्यान्डेट दिएको भन्दै जनताको चाहनाअनुसार काम गगर्न आफु कटिबद्ध रहेको समेत बताइन् ।

महिलाहरुको माग माया मन्त्रि बन्नुपर्छ

शुक्रबार मात्रै ७ नम्बर प्रदेशको मुख्य मन्त्रिका लागि माओबादी केन्द्रले डोटीका प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई सिफरिस गरेको छ । ७ नम्बर प्रदेशको मुख्य मन्त्रि माओबादीको भागमा परेकाले पनि अब त्रिलोचन मुख्यमन्त्रि बन्ने लगभग पक्का भैसकेको छ । तर प्रदेशका अरु मन्त्रिहरुको टुङ्गो लागिसकेको छैन् । सात नम्बर प्रदेशमा महिलाहरुले बैतडीबाट प्रदेशसभा सांसद बन्नुभएकी भाया भट्टलाई कुनैन कुनै मन्त्रालयको जिम्मेवारी दिनुपर्ने माग गरेका छन् । सुदूरपश्चिमकै अग्रेणी महिला नेतृ भएकाले पनि उनलाई मन्त्रि बनाउनुपर्ने महिलाहरुको माग हो । व्यक्ति भन्दा, पार्टी र पार्टी भन्दा देशलाई सर्वापरि ठान्ने भट्टभन्दा अघि अरु महिलाहरु भनएकाले पनि उनि मन्त्रि बन्ने लगभग पक्का नै छ । आफु मन्त्रि भए महिला, दलित, पछाडी पारीएका वर्ग र ७ नम्बर प्रदेशका समग्र बिकासमा लागि मात्र आफ्नो जिम्मेवारी हुने बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय आफ्नो फोटो जलाउनेलाई पक्राउप्रति प्रचण्डको आपत्ति नेप्से परिसूचकमा २१ अङ्कको गिरावट राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित) होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको हत्या प्रकरण: सडकमा शव राखेर प्रदर्शन, जलेश्वर-जनकपुर सडक ठप्प उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु अमेरिकी भिसा नपाउने सूचीमा भुटान: नेपालको शरणार्थी काण्ड दोषी भएको भुटानी मिडियामा चर्चा सामाजिक सञ्जालमा प्रचण्डको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी नेपाल र हङकङबीचको खेल रद्द यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता मुख्यमन्त्रीको निर्देशनपछि सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी बल कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने छलफल सुरु भएको माओवादीको खुलासा धनुषामा चोकको नाममा विवाद हुँदा दुई पक्षबीच झडप, प्रहरीले हान्यो आश्रुग्यास परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, के होला प्रधानमन्त्री ओलीको भारत भ्रमण ‘जिन्दगी चल्न त चल्या छ…’ गीत सुन्न सरकारलाई रास्वपा सांसदको सुझाव ट्रम्पको आदेशमा अमेरिकाले गर्‍यो यमनमा आक्रमण …अनि संसदमा ज्ञानेन्द्र शाहीले प्रतिप्रश्न गरे- मदन भण्डारीको हत्याको याद आएन ? प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद