2026-09-15 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रदेश ७ का सभामुख – ‘सबैको भावनालाई समेटेर काम गर्नेछु’

माघ २९, धनगढी (रासस) | प्रदेश नं ७ का नवनिर्वाचित सभामुख अर्जुनबहादुर थापाले आफूले सत्तापक्ष र प्रतिपक्ष दुवैको भावनालाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रदेशसभाको आज बसेको बैठकबाट सभामुखमा निर्वाचित भएपछि प्रदेशसभा भवन धनगढीमा पत्रकारसँग कुरा गर्दै सभामुख थापाले धेरै नियम कानून बनाउनुपर्ने हुँदा सवै सांसदसँग छलफल गरी अघि बढ्नेछु भन्नुभयो । सभामुख थापाले आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । 

बझाङ खप्तडछान्ना गाउँपालिका–२ मा २०१२ सालमा जन्मिनुभएका थापाले २०२८ देखि २०५५ सालसम्म तीन विद्यालयमा शिक्षण गर्नुभएको थियो । उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङका संस्थापक हुनुहुन्छ । उहाँ शिक्षा शास्त्रमा स्नातक हुनुहुन्छ । बझाङमा नेकपा(एमाले) सचिवको जिम्मेवारी लिइसक्नुभएका उहाँ हाल एमाले प्रदेश संगठन समितिका सदस्य हुनुहुन्छ । उहाँ गत मंसिर १० गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बझाङ कबाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । 

यसैबीच उपसभामुखको निर्वाचन फागुन ५ गते बिहान १० बजे हुने सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ