2026-07-06 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प र किमको भेटलगत्तै माधव नेपालले निकाले यस्तो विज्ञप्ति

असार १, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । 

नेता नेपालले आज जारी गरेको विज्ञप्तिमा गत मंगलबार उनीहरुबीच सिंगापुरमा भएको ऐतिहासिक वार्ताको स्वागत गर्दै शान्ति, समृद्धि र निःशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरिया प्रायःद्वीपका साथै विश्वमा शान्ति कायम भूमिका निर्वाह गर्ने जनाइएको छ । 

विज्ञप्तिमा हालैका दिनमा कोरियाली प्रायःद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासमा सो वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने उल्लेख गर्दै भनिएको छ, ‘मुलुकका बीचमा देखापर्ने कुनै पनि समस्याको समाधान आपसी संवादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न यस वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको छ ।’ 

सहमति भएका विषयलाई कार्यान्वयन गर्ने र आपसी हितका बाँकी विषयमा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायःद्वीपमा दिगो शान्ति कायम गराउने बताउँदै उहाँले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तालाई समेत निरन्तरता दिँदै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा