2026-08-29 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नम्बर ७ का अर्थमन्त्री आफ्नै गाउँबाट लखेटिए

असार १७, अछाम । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन् । आइतबार भेटघाट कार्यक्रमको लागि मुजा पुगेका मन्त्रीलाई मन्त्री बोहोरालाई आफ्नै निर्वाचन क्षेत्रका रामारोशन गाउँपालिकाको मुजाबाट स्थानीय नेता–कार्यकताहरुले लखेटेका हुन् । 

मन्त्री बोहोरा आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा मनोमानी रुपमा योजना र बजेट विनयोजन गरेको, चुनावको बेला जनतासँग गरेको प्रतिवद्धताविरुद्ध रामारोशन क्षेत्रलाई बजेटमा उपेक्षा गरेको, आफ्नो र स्वकीय सचिवको गाउँमा आवश्यकभन्दा बढी योजना पारेको भन्दै मन्त्री बोहोरालाई कार्यक्रममै कालोझण्डा देखाउँदै कार्यकर्ताले लेखेका थिए । 

मन्त्री बोहोराले जनयुद्धको आधार क्षेत्र रामारोशनलाई उपेक्षा गरेर आफ्नो र स्वकीय सचिवका गाउँमात्रै योजना पारेका आफूहरुले कालोझण्डा देखाएको रामारोशन गाउँपालिका वडा नम्बर ६ का पर्व माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज सुशील साउदले बताए । उनले जनतासँग चुनावको बेला गरेको प्रतिवद्धता अनुसार बजेट नआएकोले आक्रोसित जनताको नेतृत्व आफूहरुले गरेको बताए । 

त्यस्तै सोही गाउँपालिका वडा नम्बर ७ का स्थानीय नेता बिर्ख भण्डारीले मन्त्री बोहोरालाई चुनावको बेला आफूहरुले जनतासँग भोट मागेको तर चुनाव जितेपछि छोटै समयमा जनतालाई भुलेर केही स्वार्थको लागि अछाममा बजेट र योजना बाँडेकोले आफूहरुले विरोध गरेको बताए । 

रामारोशन पूर्व माओवादी केन्द्रको स्थानीय नेता खडक रोकायाले मन्त्री बोहोराले अछाममा बढी बजेट पारेको भनिएपनि पर्यटकीय क्षेत्र रामारोशनलाई उपेक्षा गरेको बताए । “बोहोराजी जनताको भोटले जिते तर बजेटमा दलालहरु र विचौलियाको प्रभावमा परेर बजेट बाँडे, आफ्नो गाउँमा मात्रै १४ करोड र स्वकीय सचिवको गाउँमा ९ करोड बजेट हाले तर रामारोशन क्षेत्रलाई उपक्षा गरेका कारण विरोध गर्न बाध्य भएका हौं” रोकायाले अनलाइन डबलीसँग भने । 

मन्त्री बोहोराको विरोधमा पूर्व माओवादी केन्द्रका मात्रै नभएर पूर्व एमालेका नेता कार्यकर्ताले असमान ढंगबाट बजेट बितरण गरेको बताउँदै विरोधमा उत्रेका छन् । 

रामारोशन गाउँपालिका ४ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता मानबहादुर गिरीले मन्त्री बोहोराले निश्चित स्वार्थका कारण निश्चित ठाउँमा बजेट विनियोजन गरेकोले जनताहरु विरोध उत्रेको बताए । गिरी पूर्व एमालेका स्थानीय नेता हुन् । 

सोही गाउँपालिका वडा नम्बर ५ का स्थानीय नेता तथा पूर्वजनमुक्ति सेनाका कम्पनी कमाण्डर रकेट रोकायाले मन्त्री बोहोराले जनताको मतको अपमान गरेको बताउँछन् । पूख्र्यौली सम्पती गरी बजेट र योजना बजेट बाँडेकोले आफूहरु विरोधमा उत्रेको बताए । उनले बजेट असमान ढंगबाट आएको भन्दै सच्चाउन आफूहरुले सुझाव दिँदा पनि अटेर गरेकोले मन्त्री बोहोरालाई रामारोशन निषेध गरिएको बताए । उनले प्रचण्ड रामारोशन आएको बेला आवश्यकताको आधारमा बजेट र योजना पार्ने प्रतिवद्धता जाहेर गरेको तर मन्त्री बोहोराले उपेक्षा गरेको बताए । 

मन्त्री बोहोराले आफ्नो गाउँमा १४ करोड र स्वकीय सचिव आदर्श साउदको गाउँमा ९ करोड बजेट हालेपछि अछामस्थित पार्टीका नेता–कार्यकर्ता विरोधमा उत्रेका छन् । उनीहरुले मन्त्री र स्वकीय सचिवको गाउँमा आवश्यकता भन्दा बढी मनोमानी रुपमा बजेट पारेको दाबी गर्दै आएका छन् । 

मुजाबगर बजारबाट लखेटिएका मन्त्री बोहोरा असुरक्षा भएको भन्दै अछामबाट कैलालीतिर लागेको बताइएको छ । मन्त्री बोहोरा पुग्ने बित्तिकै स्थानीय नेता–कार्यकर्ता र जनताले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि कार्यक्रम बिथोलिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ