2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश ७ को राजधानीको बिषयलाई लिएर ११ सांसदद्वारा उजुरी

असोज ११, धनगढी । प्रदेश राजधानीको  बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् ।

प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको समितिले गोदावरीलाई राजधानी सिफारिस गरेपछि धनगढीका मेयर वड आफैं आन्दोलनमा उत्रिएका छन् ।

उनकै अगुवाइमा बुधबार प्रदेशसभा अगाडि प्रदर्शन भएको थियो । त्यसक्रमा बडले प्रदेशसभामा आगो लगाउने, प्रदेश सांसदको घर जलाउने तथा भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । मेयरकै कारण अपि्रय घटना हुन सक्ने अवस्था आएको भन्दै सांसदहरुले मुलुकी अपराध संहिताअनुसार कारबाही गर्न माग गरेका हुन् ।

मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै विरोध गरेका छन् ।

बडले बुधबार आक्रोसमा आएर आफूबाट केही गलत शब्द प्रयोग हुन पुगेको भन्दै माफी समेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई