2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सकियो सुदुरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन, के-के भयो काम ?

असोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ । 

प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । 

गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बैठक बसेको सभामुख थापाले बैठकमा जानकारी दिनुभयो । प्रदेशका नामाङ्कन र स्थायी राजधानी रहने स्थानको टुङ्गो यही वर्षे अधिवेशनले लगाएको छ । 

प्रदेशको नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका– २ र ४ राख्ने प्रस्ताव संसद्को दुईतिहाइले पारित गरेको थियो । 

यस्तै प्रदेशसभा गठन भएको झण्डै आठ महीनापछि प्रदेशसभामा रहेका विभिन्न समितिका सभापतिको निर्वाचन पनि यही अधिवेशनले गरेको छ । 

वर्षे अधिवेशनले स्थानीय तहको कानून निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक, स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने सम्बन्धी विधेयक, प्रदेश आकस्मिक कोष सम्बन्धी विधेयक, स्थानीय तहका पदाधिकारीको सेवा, सुविधासम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्री र प्रदेशसभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक, अर्थ विधेयक, कर तथा गैरकर राजश्व लगाउने र उठाउनेसम्बन्धी विधेयकजस्ता १५ विधेयक पारित गरेको छ । 

मङ्गलबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन (पहिलो संशोधन) २०७५ को दफा १० लाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरिएको छ । 

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गर्नुभएको प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई समेत बैठकले पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई