2026-07-27 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका स्वास्थ्य संस्थाको स्तरबृद्धिका लागि कुनै कसर बाकी नराख्नेः मन्त्रि सुवेदि

कमल रावल | पुष २, अछाम । सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सुवेदिले जिल्ला अस्पताल अछामको स्तरबृद्धिका लागि ७० लाख विनियोजन गरिएको बताउनु भएको छ । पहीले मन्त्रि परिषदको बैठकबाट ५० लाख विनियोजन गरिएतापनी आफुले मन्त्रिको पद सम्हाल्ने बित्तिकै २० लाख थप्न सफल भएको बताउनु भयो । 

सुदुरपश्चिम सामाजिक बिकास मन्त्रालयले जिल्ला अस्पताल अछाममा गरेको पत्रकार अन्तरक्र्रिया कार्यक्रममा बोल्दै सुवेदिले कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० लाख र प्रत्येक स्थानिय तहमा स्वास्थ्यको स्तरबृद्धि सहीत प्रसृती गृह स्थापनाका लागि १८/१८ लाख विनियोजन गरिएको बताउनु भयो । सुदुरपश्चिमका ७ वटा जिल्ला मध्ये अछाम जिल्ला सबैभन्दा बढि बजेट विनियोजन भएको बताउनु भयो ।

एक अर्को प्रसँगमा बोल्दै सुवेदिले जिल्ला अस्पतालको स्तरबृद्धिका लागि आगामि दिनमा स्थानिय तहसँगै समन्वय गर्दै अघि बढ्ने बताउनु भयो । जिल्लाका अधुरा रहेका स्वास्थ्यका भवन तत्काल निर्माणका लागि सम्बन्धीत ठेकेदारलाई ताकेता समेत गर्ने पत्रकार अन्तरक्र्रियामा बताएका थिए । आफनो मन्त्रालयले गर्ने काम जनता, कर्मचारिको हितमा हुने भएकाले सबैलाई साथ दिन उहाँले आग्रह गर्नु भएको थियो ।

अन्तरक्र्रियामा सुदुरपश्चिम सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले स्वास्थ्य क्षेत्रको गुणस्तरियताका लागि आफुहरुले नयाँ नयाँ कार्यक्रमको सृजना गर्दै आईरहेको बताउनु भयो । सुदुपश्चिम प्रदेशमा अछाम जस्ता ९ वटा स्वास्थ्य कार्यालय स्थापना हुने भएकाले स्थानिय सरकारसँग पुलको काम गर्दै सहजिकरणको साथ अघि बढने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख आशुतोश श्रेष्ठले बाजुरा र अछाम कार्यक्षेत्र हुने गरि अछामको स्वास्थ्य डिभीजन भएकाले आवश्यक थप सेवा प्रभावकारि बनाउन भएकाले नयाँ स्थापना भएको जिल्ला स्वास्थ्य कार्यालय अछामको बारेमा यसरी जानकारी गराउनु भएको थियो ।  

पत्रकार अन्तरक्र्रिया कार्यक्रममा अछाम प्रदेश सभा सदस्य हर्क बहादुर कुवर गोविन्द, बल बहादुर सोडारि, मंगलसेन नगरप्रमुख पदम बहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, नेकपा अछाम जिल्ला कमिटी सदस्य भिम रावल, जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर अशोक शाह, स्वास्थ्यकर्मि, संञ्चारकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन सामाजिक बिकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ