2026-07-07 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुदैन : प्रधानमन्त्री

फागुन २८,काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले हिंसा र  बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ ।नेपाल  बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 


फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न पुगेको  टोलीसँगआज बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्रीओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभएको छ ।

“कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने,आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्”प्रधानमन्त्रीओलीले भन्नुभयो “जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।”

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताउनुभएको छ । कम्यूनिष्टले त यूवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनु पर्ने प्रधानमन्त्रीओलीको भनाइ छ । “कम्यूनिष्टले त यूवाहरुलाई कर्मशिल हुन,सही बाटोमा हिडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो”प्रधानमन्त्रीओलीले भन्नुभयो “यहाँ त कम्यूनिष्टको नाममायूवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।”

प्रधानमन्त्रीओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःखव्यक्त गर्नु भएको छ । यस घटनाको बारेमा सरकारले छानविन गर्नेप्रधानमन्त्रीओलीले प्रतिवद्धता व्यक्तगर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत