2026-07-07 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेकपाको बन्दको प्रभाव सबैभन्दा बढी प्रदेश ५ र कर्णालीमा

फागुन ३०, बुटवल । विप्लव नेकपाको बन्दको प्रभाव सबैभन्दा बढी प्रदेश नम्बर ५ मा परेको छ । विप्लब नेकपालाई सरकारले प्रतिवन्ध लगाउने घोषणा गरेपछी जनता स-शंकित बनेका छन् । जसको कारण यस अघिका बन्दमा चलाइने सवारी साधन समेत आजको बन्दमा चलाइएका छैनन् । 

विप्लव नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश ५ र कर्णाली प्रदेशका सबै जिल्लामा परेको छ । तुलनात्मक रुपमा कर्णाली र प्रदेश ५ विप्लवको सक्रिय प्रभाव क्षेत्र अन्तर्गत पर्छ । बन्दकर्ता सडकमा नदेखिए पनि सडकमा सवारी ठप्प बनेका छन् । त्यसो त कर्णाली र प्रदेश ५ मा मात्र नभई राजधानीमै पनि सवारीसाधन फाटफुट मात्र चलेका छन् भने शैक्षिक सस्था, बजार, उद्योग तथा कलकारखाना ठप्प भएका छन् । अन्य प्रदेशका बिभिन्न स्थानमा बन्दको प्रभाव छ ।  

प्रदेश ५ का विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टरहरु बन्द छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै एक कपडा पसल बाहिर राखेको संकास्पद बस्तु फेला परेको छ । त्यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा संकास्पद बस्तु फेला परेको छ । 


यसैबीच, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालिकानगरमा बम आशंका गरिएको शंकास्पद वस्तु फेला परेको छ । त्यस्तै प्रदेश ५ कै बुटवलमा मुख्य राजमार्गमै राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ । बुटवल कालिकानगर कालिकाचोकमा डिभाईडरमा कालो टेपले बेरेर राखेको बस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । सेनाको टोलीले त्यो बस्तु बम नै रहेको बताएको छ । नेपाली सेनाको २२ नम्बर बाहिनीको टोलीले बम डिस्पोज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत