Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लपले मलाई मार्न टिम खटाए: प्रचण्ड

२०७५, ३० फाल्गुन बिहीबार १०:३३

फागुन ३०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहका नेताहरुलाई देखेर दया लागेको बताएका छन् ।

वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा सम्बोधन गर्दे प्रचण्डले यस्तो बताएका हुन् ।

बरु आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विव्लव समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको भन्दै भनेका छन्, ‘मलाई आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मानुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे ।’

उनले अघि भने, ‘मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ ।’

तत्कालीन माओवादीको हेडक्वार्टर पेरिसडाँडामा आयोजित शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले विप्लवको आलोचना गरे ।

कुनै समय आफ्नो सचिवालयमा काम गरेका विप्लवले आफ्नो नक्कल खोजेको भन्दै उनले भने, ‘ मेरै स्कुलको नक्कल गर्न खोजेको बाहेक केही देखिन्न । सक्कल गरेर मात्र पास हुने हो । नक्कलले दुःख पाउनेबाहेक केही हुनेवाला छैन ।’

ज्ञानेन्द्र शाहले राजा महेन्द्रको कलाविहीन नाटक नक्कल गर्न खोन्दा राजतन्त्र नै समाप्त भएको उनले सुनाए ।

अघि भने, ‘अहिले पनि साथीहरुले जसरी गर्न खोजेको छन् । यो ०५२ साल होइन, ०७५ साल हो । राजतन्त्र छैन, मधेसी, दलित, जनजातिलगायतको प्रतिनिधित्व भएको छ, आफ्नै साथीहरुको सरकार छ । अनि परिस्थिति हेर्नु पर्दैन ?’

राज्यले संविधान कानूनसार काम गर्ने भन्दै प्रचण्डले परिस्थितिलाई ठीक ढंगले मूल्यांकन गर्न र एकचोटी निधार खुम्च्याएर सोच्न आग्रह गरे । ‘अर्को प्रचण्ड बन्छु भन्दै हिँडेको सुनेको छु, यो सजिलो छैन । केही गर्नुछ भने नयाँ बाटो खोज्नुस्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली