Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाद्वारा संसद् अवरुद्ध

२०७५, ३ चैत्र आईतवार १०:३१

चैत ३, काठमाडौँ (रासस) | राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आज संसद् अवरुद्ध गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै उठेर विरोध जनाउँदै सांसदहरुले सो प्रतिवेदन सार्वजनिक नभएसम्म संसद् चल्ने नदिने जनाएका हुन् । बैठक शुरु हुने बित्तिकै सभामुखसँग समय मागेर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि पनि सरकारले सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरेको भन्दै विरोध जनाउनुभयो । 

सांसद कर्णले भन्नुभयो,“मधेशमा विभिन्न चरणमा भएका आन्दोलन, मानवअधिकारलगायतको विषयमा अध्ययन गरिएको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै रेशम चौधरीलाई थुनामा राखिएको छ”–उहाँले भन्नुभयो । 

थरुहट तथा विभिन्न समयमा भएका मधेश आन्दोलनका क्रममा भएका ज्यादतिका विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा २०७३ असोज २ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग गठन गरेको थियो । 

सो आयोगले २०७४ माघ २९ मा सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसक्दा समेत सरकारले अझैसम्म सो प्रतिवेदनलाई सार्वजनिक नगरेको भन्दै राजपाले कडा आपत्ति जनाएको छ । प्रतिवेदन सार्वजनिक गर्नका लागि पटक÷पटक माग गर्दा समेत सरकार संसद्प्रति जिम्मेवार नभएको सांसद कर्णको भनाइ छ । 

सभामुख कृष्णबहादुर महराले सो विषयलाई सरकारको ध्यानाकर्षण गराएको र त्यसबारे सरकार गम्भीर भएको जानकारी गराउनुभयो । राजपाको अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली