२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले अनुभूति हुने गरी काम गरिरहेको छ : मन्त्री विष्ट

२०७५, २४ चैत्र आईतवार १६:३७

चैत २४, लहान (रासस) | श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आम जनताको जीवनमा परिवर्तनको अनुभूति हुने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । सिरहाको सुखीपुर नगरपालिकामा पहिलो सुखीपुर नगर महोत्सवको आज उद्घाटन गर्नुहुँदै मन्त्री विष्टले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी नेपाली जनताको जीवनमा परिवर्तन आउने गरी कार्यहरु अघि बढाएको बताउनुभयो । 

“स्थानीय सरकारले गर्न सक्ने कार्यहरु स्थानीय सरकारले गरिरहेको छ, स्थानीय सरकारले गर्न नसक्ने कार्य प्रदेश सरकारले गर्नेछ”, मन्त्री विष्टले भन्नुभयो, ‘‘प्रदेश सरकारबाट हुन नसक्ने कार्य केन्द्र सरकारले गर्ने गरी तीनै तहको सरकारबीच सहकार्य भइरहेको छ, अब अवश्य नै नेपाली जनताले परिवर्तनको अनुभूति गर्ने छ ।” 

नागरिकता समस्या सधैँका लागि अन्त्य हुने दाबी गर्नुहुँदै मन्त्री विष्टले नागकिताको समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको र त्यो पारित भएसँगै नागरिकताको समस्या समाधान हुने जिकिर गर्नुभयो । मुलुकबाट बेरोगारी समस्या अन्त्यका लागि सरकारले ध्यान केन्द्रित गरेको बताउनुहुँदै उहाँले बेरोजगार युवालाई स्वदेशमै रोजगार दिने र रोजगार दिन नसक्नेलाई बेरोजगार भत्ता दिने सरकारले तयारी गरेको बताउनुभयो । 

तराई मधेशमा पूर्व–पश्चिम रेल्वे, फास्ट ट्रयाक निर्माण, औद्योगिक ग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र सिँचाइका पूर्वाधारका विकास, कल कारखानाको स्थापना लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको उहाँले जानकारीसमेत दिनुभयो । 

चैत २४ गतेदेखि चैत ३० गतेसम्म सुखीपुरस्थित रामजानकी जनता बहुमुखी क्याम्पसको प्राङ्गनमा आयोजना हुन लागेको उक्त महोत्सवमा ५० वटा कक्षहरु राखिएका छन् । सुखीपुर नगरपालिकाको आयोजनामा शुरु भएको महोत्सवमा उद्योग, व्यापार, पर्यटन, कृषिजन्य वस्तु उत्पादन प्रवद्र्धन तथा सुखीपुर नगरभित्रका स्थानीय कला संस्कृति लगायतको प्रदर्शनी हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ