२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनमत पार्टी: विशाल जनसभाको तयारी पुरा

२०७५, २९ चैत्र शुक्रबार १६:०५

राम नारायण पंडित, चैत २९, सिरहा । जनमत पार्टीले सिरहामा गर्न लागिएको बिशाल जनसभाको सम्पुर्ण तयारी पुरा भएको छ । डा. सिके राउत नेतृत्वको नवगठित जनमत पार्टीले मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा भोली (शनिवार) गर्न लागेको जनसभाको सम्पुर्ण तयारी पुरा भएको मन्च व्यवस्थापन समितिका संयोजक निर्मल मण्डलले बताए । जनसभालाई सम्बोधन गर्न डा. राउत भोली नै मिर्चैया आउने बताईएको छ । 


नेपाल सरकारसँग ११ बुँदे सहमति पश्चात् मूलधारको राजनीतिमा आएका डा. राउत सम्बोधन गर्ने जनसभाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनसभा मुल आयोजक समितिका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवले बताए । जनसभामा ठूलो संख्यामा जनमास उतार्ने लक्ष्य बमोजिम व्यवस्थापन गरिएको उनले दाबी गरेका छन् । जनसभा स्थल मोहन मावि मिर्चैयाको प्राँगनमा विशाल पण्डाल बनाइएको छ भने नगरको बिभिन्न भागमा स्वागतद्धार निर्माण गरिएको छ । 

डा. राउतको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेपछि जनमत पार्टी गठन गरेर ‘जनमत दो, आजादी लो’ नारा सहित अघि बढेको छ । नेपाल सरकारसंग सहमति पश्चात लहानमा दुई दिनसम्म बसेको बैठकले जनमत पार्टी गठन गरेका थिए ।

सुरक्षा व्यवस्था चुस्त : डिएसपी खनाल

भोली हुने सिके राउत नेतृत्वको विशाल जनसभाको मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यबस्था मिलाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) ले जनाएको छ । आफ्नो मातहतमा रहेका ईप्रका तथा चौकीहरुको सुरक्षाकर्मीहरुलाई आवश्यकता हेरी परिचालन गरिएको उनले बताए । पब्लिकको अवस्था हेरी आवश्यक परे अन्यत्रबाट पनि थप सुरक्षाकर्मी बोलाउने डिएसपी खनालले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ