2026-07-09 04:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङ्ग्रह’

भदौ ७, कास्की | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङग्रह भएको बताउनुभएको छ । 

पार्टी निकट धादिङ–पोखरा जनसम्पर्क मञ्चले हरितालिका तीजको अवसरमा आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीलाई हराउन मोर्चाबन्दी भइरहेकाले त्यसका विरुद्ध तयारी शुरु गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । विपक्षीले निर्वाचनलाई दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारका विरुद्ध जनमत बनाउन उपयोग गर्न सक्नेतर्फ सचेत रहनुपर्ने उहाँको भनाइ थियो । “निर्वाचनलाई पार्टीको अग्नि परीक्षा र मिनी जनमत सङग्रहको रुपमा लिनु पर्दछ”, पूर्वशिक्षामन्त्री तुलाधरले भन्नुभयो । 

गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले जनसम्पर्क मञ्च पार्टीको एकाइको रुपमा रहेको र यसका हरेक सदस्यले पार्टीको मूल्य, मान्यता र आदर्शलाई सिरोधार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीको प्रदेश नं ३ कमिटी सदस्य रामबहादुर भण्डारी, नेकपा कास्की सचिव बखानसिंह गुरुङ, धादिङको निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, मञ्चका अध्यक्ष वीरबहादुर थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो