2026-09-14 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश कार्यालय स्थापना, प्रदेश सचिवमा त्रिपाठी

भदौ २७, कास्की | नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । साथै माओवादी केन्द्रले आज पोखराको राष्ट्र बैंक चोक स्थित होटेल लेकालीमा एक कार्यक्रमका बीच माओवादी केन्द्रको गण्डकी प्रदेश सचिवमा भोजराज त्रिपाठीलाई चयन समेत गरेको छ । लामो समयदेखि माओवादी आन्दोलनमा सहभागि रहदैं आएका नेता त्रिपाठी पछिल्लो समय मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) मा रहेका थिए । 

क्रान्तिकारी माओवादी परित्याग गरेर फ्रिडम कम्युनिस्ट लिग नामक पार्टी चलाउँदै आएका नेता त्रिपाठीले केही समय अघि गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्दा उनलाई प्रदेश पार्टी सचिवको जिम्मेवारी दिने सहमति गरिएको थियो ।

पार्टी एकता प्रकृयामा भएको सहमति अनुसार आज आयोजित विस्तारित बैठकले उनलाई औपचारिक रुपमा गण्डकी प्रदेश सचिव पदमा चयन गरेको हो । बैठकले पार्टी तथा विभिन्न जवज मोर्चाहरुको प्रदेश र जिल्ला संगठन विस्तार गर्ने, जनसम्बन्ध सुधार गर्ने, सामाजिक अन्तरविरोधको हल गर्ने सन्दर्भमा आवश्यक तयारीहरु बढाउँने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।

पार्टीका सचिव त्रिपाठीले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रदेश संयोजक आलोक रायमाझिको अध्यक्षता तथा महासचिव कर्णजित बुढाथोकीको प्रमुख आतिथ्यता र प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीको आतिथ्यता रहेको थियो ।

बैठक तथा प्रशिक्षण कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) र विभिन्न आन्य पार्टी परित्याग गरी एकता प्रकृयामा मार्फत माओवादी केन्द्रमा आएका दर्जनौं नेता, कार्यकर्ताहरुलाई भव्य रुपमा स्वागत समेत गरिएको थियो ।

बैठकको निर्णय अनुसार कार्यक्रमको अन्त्यमा पोखराको राष्ट्र बैंक चोकमा माओवादी केन्द्रको गण्डकी प्रदेश पार्टी कार्यालय स्थापना गरिएको छ ।

पार्टी कार्यालयको उद्घाटन गर्दै माओवादी केन्द्रका महासचिव बुढाथोकीले राज्यको राष्ट्रघाती, जनघाती कदमका विरुद्ध सबै क्रान्तिकारी तथा देशभक्त राजनैतिक शक्तिहरुलाई एक हुन आह्वान समेत गरे ।

उक्त कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष जैसीले समाजमा रहेको अन्याय, अत्याचार र विभेदका विरुद्ध क्रान्तिकारी झण्डा फहराउँदै माओवादी केन्द्रले दवावमूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै प्रेस सेन्टर नेपालले त्यसमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमको समापन गर्दै प्रदेश संयोजक रायमाझिले माओवादी केन्द्र सामाजिक दलाल व्यवस्थाको विकल्पमा जनताको साथ र समर्थन बटुल्दै निरन्तर संघर्षको प्रकृयामा रहेको दावी गरे ।

उक्त कार्यक्रममा बोल्दैं सचिव त्रिपाठीले कम्युनिस्ट पार्टीको नाममा कतिपय नेताहरुमा राजनैतिक वैचारिक स्खलन देखिएको र पतनको बाटोमा अग्रसर भएको भन्दै आफ्नो पार्टी मालेमावाद प्रति प्रतिबद्ध रहदैं निरन्तर जनताको पक्षमा उभिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा माओवादी आन्दोलनबाट जोडिदैं आएका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले नारा जुलुस सहित कार्यक्रमको शुरुवात गरेका थिए । 

– विमल शाहीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले