साउन २, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेले आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेले आ"/>

२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र युवाहरुको नाममा सडकमा तमाशा नदेखाउनुहोस्: पुन

२०७३, २ श्रावण आईतवार ०४:४६


साउन २, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेले आफूहरुलाई राष्ट्रवादको कुरा सिकाउन नमिल्ने बताए ।


आईतबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले भने,‘हामीलाई एमालेले राष्ट्रियताको कुरा सिकाउनुपर्दैन, हिजोका दिनमा राष्ट्रवादको पक्षमा सुरुङ युद्धको उद्घोष गर्ने हामी नै हौं, हस्तक्षेप भयो भन्दै सरकारबाट राजिनामा दिनेपनि हामी नै हौं, त्यसैले हामीलाई कसैले राष्ट्रवादको पाठ नपढाए हुन्छ ।’ उनले एमालेको राष्ट्रवादमा नेपालकै मधेशी, आदिवासी, जनजाति, पिछडिएका वर्गहरु नअटाएको आरोप लगाए ।


 पुनले भने,‘‘आजको भूमण्डलीय विश्वमा आफ्नो मुलुकको राष्ट्रियता जोगाउन हामी कटिबद्ध छौं, कसैले विदेशीको पछि लाग्यो भन्छ भने त्यो भावनामा बग्ने काम मात्रै हो, त्यो हल्लाको पछि लाग्नु जरुरी छैन ।’’


एमालेले आफ्नो पार्टीसँग गरेका १४ बुँदे, ९ बुँदे र ३ बुँदे भद्र सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै भने,‘हामीले सँधैभरि केपी ओलीलाई प्रधानमन्त्री बनाउन भोट माँगेका होईनौं, हाम्रा केही साथीहरुलाई झण्डा नपाएर सरकारमा पठाएका होईनौं ।’ उनले आफूलाई लोकतन्त्रवादी ठान्ने प्रधानमन्त्रीले नैतिकता प्रर्दशन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेश गरेको स्पष्ट पारे । उनले थपे,‘प्रधानमन्त्रीले लोकतान्त्रिक मुल्य र मान्यता र सामान्य राजनीतिक नैतिकता समेत देखाउनुभएन् ।’


प्रधानमन्त्रीले संसद विघटन गर्ने हल्ला छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘अहिलेको संविधानले संसद विघटनको कल्पना समेत गर्दैन, अहिले कुनै अधिनायकवाद र निरंकुशतन्त्र व्यवस्था होईन् ।’ उनले एमालेलाई सरकार बनाउन समर्थन गर्दा आफ्नो पार्टीलाई राम्रो देख्ने तर अहिले समर्थन फिर्ता लिँदा विदेशीको ईशारामा चलेको भन्ने आरोप लगाउनु लज्जास्पद भएको टिप्पणी गरे ।


प्रधानमन्त्रीको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव पेश भैसकेकाले सडकमा युवाहरु उतारेर तमाशा देखाउनु हाँस्यास्पद भएको टिप्पणी गर्दै उनले भने,‘सक्नुहुन्छ भने नैतिकता आधारमा राजिनामा दिनुहोस्, नसके संसद फेस गर्नुहोस, सडकमा प्लेकार्ड बोकेर स्वतन्त्र युवाहरुको नाममा सडकमा तमाशा नदेखाउनुहोस् ।’ सडकबाट आन्दोलन गर्दैमा प्रधानमन्त्री थामिँदैन भन्ने एमालेलाई राम्रो हेक्का भएको भन्दै उनले व्यंग्य गरे ।


उनले स्वतन्त्र युवाहरुको नाममा ओलीको पक्षमा भएको नारावाजीलाई आफूहरुले राम्रोसँग बुझेको स्पष्ट पारे । उनले थपे,‘यो सानो मुलुकमा कसको कार्यकर्ता कति छन्, हामीलाई राम्रोसँग थाहा छ ।’ उनले ओली खरो बोल्ने नेता भएकाले सोही अनुरुप आफ्नो भूमिका प्रदर्शन गर्नुपर्ने बताए । उनले थपे,‘चोर बाटो वा झ्यालबाट नहिँडौ, मुल ढोकाबाटै अघि बढौं ।’


उनले नीति तथा कार्यक्रम र बजेट आफ्नो पार्टीको सहमतिमै ल्याईएको उल्लेख गर्दै आश्रित विधेक पारित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘बजेटमा हाम्रा गुनासाहरु छन्, तर हाम्रो समेतको सहमतिमा ल्याईएको भएर पारित गर्ने नैतिक जिम्मेवारीबाट हामी पन्छिदैनौं ।’


अविश्वासको प्रस्ताव पेश भएपछि ओली अल्पमतमा हुँदाहुँदै पनि आफ्नो पक्षमा अझै बहुमत छ भनेर एमालेले राजनीतिक बेईमानी गर्न खोजेकेले आफ्नो पार्टीले सतर्कता अपनाएको स्पष्ट पारे । यद्धपी उनले एमाले दोस्रो ठूलो पार्टी भएको नाताले संविधान कार्यान्वय लगायतका महत्वपूर्ण मुद्दामा सहकार्य गर्दै अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताए ।


नयाँ सरकार बनाउने विषयमा कानुनविदहरुको मत बाझिएपनि संविधानले त्यसबारेमा स्पष्ट व्यवस्था गरेको दाबी गर्दै भने,‘संविधानको धारा २९८ वमोजिम नै सरकार गठन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन