साउन २, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पनि काँग्रेस–नेकपा माओवादी केन्द्रव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पनि काँग्रेस–नेकपा माओवादी केन्द्रव"/>

2026-07-25 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउँछ: केसी

साउन २, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई एमालेले देशी विदेशी शक्तिको ईशारामा बनेको भनेर निराधार आरोप लगाएको बताए ।

आईतबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हिजो माओवादीले सरकार बनाउ एमालेलाई सहयोग गर्दा एकदमै राम्रो भयो, आज सरकारबाट बाहिरिँदैमा दक्षिणको वा उत्तरको प्रभाव पर्यो भन्ने कुरा गलत हुन् ।’

नेता केसीले प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउने काँग्रेसले विश्वास लिएरै नै नेकपा माओवादीसँग सहमति गरेको दाबी गरे । उनले एक दलले अर्को दलको विरुद्धमा दोषारोपण गरेर समय खेर फाल्न नहुने तर्क गरे । राजनीतिक दलहरुवीच तित्तता रहेपनि संविधान कार्यान्वयन र पूर्ननिर्माणको लागि मिलेरै अघि बढ्नुपर्ने उनको भनाई थियो ।

नयाँ सरकार बन्न कुनै संवैधानिक जटिलता नभएको स्पष्ट पार्दै भने,‘नयाँ सरकार २९८ को धारा बमोजिम नै बन्छ, यसमा कसैले विवाद गर्नु राम्रो हुँदैन् ।’ प्रधानमन्त्री अल्पमतमा परिसकेको दावी गर्दै उनले भने,‘लोकतान्त्रिक विधि र प्रक्रियालाई सबैले आत्मसात गर्नुपर्छ ।’ यद्धपी प्रधानमन्त्रीले संवैधानिक विशेषाधिकारको प्रयोग गर्दै संसदमा अविश्वासको प्रस्ताव फेस गर्न सक्ने बताए ।

प्रधानमन्त्रीले संसद नै विघटन गर्ने हल्ला छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘त्यो प्रयास नै उपहास हुनेछ ।’ उनले अविश्वासको प्रस्ताववारे प्रक्रिया द्रुत गतिमा चले अबको दुई साताभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ