साउन २, काठमाडौं । प्रधान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
साउन २, काठमाडौं । प्रधान"/>
2026-07-24 06:05 PM
काठमाडौँ - KTM

कुर्सि छोड्न प्रधानमन्त्रीको अटेर, कानुनी परामर्श लिँदै

साउन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा एक्लै छाडेर बाहिरिएको माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गर्दै गर्दा उता प्रधानमन्त्री ओली कसरी  पाएको कुर्सि जोगाउने भन्नेमा दौडधुप गर्दैछन । 
यसै क्रममा आज ओलीले सरकार विरुद्ध संसदमा प्रस्तुत भएको अविश्वास प्रस्ताव र त्यसपछि नयाँ सरकार गठनका सन्दर्भमा संवैधानिक जटिलताबारे विज्ञहरुसँग परामर्श गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा उपप्रधानमन्त्रीद्वय बिजयकुमार गच्छदार, कमल थापा, एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ, एमाले महासचिव ईश्वर पोखरेल लगायत नेताहरु र बारका पूर्वअध्यक्ष विश्वकान्त मैनाली, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, पूर्वमहासचिव सुनिल पोखरेल, चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दी लगायतका संविधानविदहरु सहभागीसँग छलफल गरेका छन् । 

ओलीद्वारा सरकार टिकाउने दौडमा भएको उक्त छलफलमा महान्यायाधिवक्ता हरि फुँयाल पनि सहभागी छन् । छलफलमा प्रधानमन्त्री ओलीले आफूले सत्ता साझेदार दलहरुको सुझाव अनुसार नै संसदको सामना गर्ने निर्णय लिएको बताए । साथै उनले संविधान विपरीत जाने आफ्नो कुनै सोच पनि नरहेको जिकिर गरे । 

तश्विर: प्रधानमन्त्री ओलीको ट्विटरबाट | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय