कमल रावल | साउन ७, अछाम |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | साउन ७, अछाम | 

2026-10-14 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राजनितिक दलले पुष्पलालका विचारलाई आत्म साथ गर्दै अघि बढ्नुपर्ने भनाई


कमल रावल | साउन ७, अछाम | ३८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा “ वर्तमान राजनिति परिवेशमा पुष्पलालको विचारको शान्दर्भिकता विषयक विचार गोष्ठि मंगलसेनमा सम्पन्न भएको छ । नेकपा एमाले अछामको आयोजनामा नेकपा एमाले पार्टि कार्यालयमा भएको कार्यक्रमका प्रमुख अथिती नेकपा एमाले अछामका पुर्व अध्यक्ष कमल तिमिल्सैनाले नेपालका राजनितिकदलले जहिले पनि पुष्पलालका विचारलाई आत्म साथ गर्दै अघि बढनु पर्ने बताउनु भएको थियो ।

पुष्पलालले अघि शारेका ३ वटा विचार सघर्ष, सिद्धान्त र संगठनलाई जहिले पनि कम्युनिष्टले अघि सारेर बढनु पर्ने बताउनु भएको छ । देशको आर्थिक समृद्धि बढाउन, अरुको सामु शिर उच्च राख्नका लागी उहाँका विचार महान भएका बताउनु भयो । नेपालको राजनितिमा विपि र पुष्पलालका विचार जहिले पनि अग्र पत्तिमा रहेकाले उहाँकै विचारमा राज्य अडिक रहेका बताएका थिए । अहिलेको केन्द्रिय राजनिति नेतृत्वमा ठुलो वितृष्णा भईरहेकाले सबै राजनितिक दल एक ढिक्का भएर अघि बढनु पर्ने विचार राखेका थिए । नेकपा एमाले अछामका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख पदम बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्य भिम जनाला र सरिता उपाध्यायले नेपालमा जहिले पनि दिवसका दिनमा मात्र सम्झीने गरेकाले सम्मानित व्यक्तिको विचारलाई सबैले सम्मानका साथ अघि बढनु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली काग्रेस अछामका जिल्ला कार्य समिती सचिव नम बहादुर शाहीले नेपाली जनतालाई सबै अधिकार दिलाउनका लागि विपि र पुष्पलालको ठुलो योगदान रहेकाले सधै उहाँको विचारलाई अगालेर बढनु पर्ने बताएका थिए । राजनितिक दलको रुपमा फरक फरक भएपनि जनताका लागि एउटै एजेण्डा लिएर अघि बढेका बताएका थिए । कार्यक्रममा नेपाल राष्टिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावल, अनेरास्वीयु केन्द्रिय कमिटी सदस्य डम्मर विसि, प्रेस चौतारी अछामका उपाध्यक्ष कालु बोहराले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ श्रम जिविको वर्गका मुक्तिदाता, नेपाली जनताका पक्षमा बोल्ने व्यक्ति भएकाले अहिलेको राजनितिक व्यवस्थामा उहाँका विचार निकै मार्ग प्रशस्त भएका बताएका थिए । कार्यक्रममा सहभागि सबैले उहाँको फोटोमा माल्यार्पणका साथै अब्बिर लगाएर श्रदासुमन व्यक्त गरेका थिए । कार्यक्रमको संचालन एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहराले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश