2026-11-02 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कांग्रेस जगत खड्काको ह्याट्रिक

मंसिर ९,  दाङ | कांग्रेस राजनीतिमा जगतबहादुर खडका चर्चित नाम हो । दाङ कांग्रेसको राजनीतिमा निर्णायक पनि हुँदै आएका छन् । निर्वाचन क्षेत्र नं ३ लाई १५ वर्षदेखि हाँक्दै आएका ६६ वर्षीय उनीमा युवा जोश देखिन्छ ।  

तुलसीपुर उपमहानगरपालिका १० घर भएका खड्का निर्वाचनका बेला बढी चर्चामा आउने गर्दछन् । सहज रूपमा संगठनलाई चलायमान गराइरहेका खड्का अहिले क्षेत्रीय सभापतिमा निर्वाचनमार्फत ह्याट्रिक गरेका छन् ।

११औँ महाधिवेशनदेखि क्षेत्रीय समितिमा रहेका खड्का १२औँ महाधिवेशनबाट लगातार क्षेत्रीय सभापतिमा निर्वाचित हुदै आएका छन् । ‘यो मलाई पार्टीले साविक क्षेत्र न ४ र ५ समायोजनका क्रममा क्षेत्र नं ३ को सभापतिको जिम्मेवारी सुम्पेको हो र त्यो मैले राम्रोसँग निर्वाह गरेँ । त्यसैले यो अधिवेशनमा पनि समापति जितेर आएको छु । अब अझ संगठनलाई बलियो र क्रियाशील बनाउँछु’, उनले भने,  ‘म कार्यकर्तालाई परेका बेला जहाँ र जतिखेर पनि खडा हुन्छु । त्यसको माया निर्वाचनमा पाइरहेको छु ।’

११औं महाधिवेशन उनी जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए । १२औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा निर्वाचित भए । १३औं महाधिवेशनबाट पनि क्षेत्रीय सभापतिमा निर्वाचित भए । र १४औं महाधिवेशनबाट पनि उनी सभापति निर्वाचित भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक